Press "Enter" to skip to content

बाढि र डुबानको जोखिम कम गर्न सरावल गाउपालिका पुर्व तयारिमा, Nepal Headlines

बाढि र डुबानको जोखिमलाई मध्य  नजर गर्दै पश्चिम नवलपरासिको सरावल गाउपालिकाले बाढीपीडित क्षेत्रमा  दुख पिडामा परेका नागरिकहरुको राहत उद्दारका लागि विभिन्न उद्घार समाग्री सहयोग गरेको छ ।

सरावल वडा नम्बर 6 र 7 मा  बाढि र डुबानको बढि जोखिम हुने हुदा सो जोखिमलाई न्यूनीकरण गर्न शुक्रबार वडा नम्बर ६ मधवलियामा अलहुदा मानव सेवा सँस्थालाई रबर बोट( डुङ्गा), लाईफ ज्याकेट, हेलमेट ,गम्बुट, टर्चलाईट, रेनकोट,  बाकस लगायत विभिन्न राहत उद्दार सामाग्रिहरु हस्तान्तरण गरिएको सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ ।

 सो अवसरमा सरावल  गाउपालिकाकी उपाध्यक्ष उत्तमा राय, सरावल गाउपालिकाका प्रमुख प्रशाकिय अधिकृत बुध प्रकाश पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादव,अलहुदा मानव सेवा संस्थाका अध्यक्ष अताउरहमान चुरिहार समाजसेवि गाेबरि यादव, छाेटेलाल गुप्ता लगाएतको उपस्थिति रहेकोे कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले समयमै उद्घारका समाग्री नहुदा यस क्षेत्रमा बालिनालि लगाएतका क्षतिहरु हुने गरेकोमा अब भने त्यस्तो समस्या नहुने बताउनुभयो ।

Sarawal flood of Nepal

साथै उहाले यस बर्षायाममा आफुले आफ्नो अति आवश्यक पर्ने कागजात हरु सुरक्षितका साथ राख्न र संकटका बेला न आत्तिकन सावधानी अपनाउन आग्रह गर्नु भएको थियो ।

सोहि अवसरमा बोल्दै सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले यस सरावल गाउपालिकाले प्रदान गरेको उद्घारका समाग्रीलाई सुरक्षित साथ राख्न र उद्घारको कार्यमा जुटन आग्रह गर्नु भएको थियो ।

https://youtu.be/xBRFniLCqf8

उपाध्यक्ष रायले बाढि र डुबानले बिस्थापित घरपरिवारलाई लक्षित गर्दै सरावल गाउपालिकाले  राहतको ब्यवस्था गरेको बताउदै यो बिपतको समयमा यस पालिकाले केही पनि गरेन भन्ने खालका विभिन्न टीकाटिप्पणी भैरहेको हुदा अफवाहको पछि नलाग्न र सरावल गाउपालिका सदैव जनताकै सेवामा रहेको कुरामाथी जोड दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले विपतमा परेको ती विस्थापित घरपरिवारहरुकाे सुरक्षाका लागि सरावल गाउँपालिका सदैब साथ सहयोग गर्ने र अावश्वयक परेको खण्डमा राहत तथा सुरक्षा सामाग्री उपलब्ध गराउन बताउदै विस्थापित भएको परिवारलाई सतर्कता अपानाई बस्न अनुरोध गर्नुभएको थियो ।

https://youtu.be/Zk1K9BgFjEQ

उद्घार समाग्री बुझ्दै अलहुदा मानव सेवा सँस्थाले स्थानिय सरकारले दिएको उद्घार समाग्रीको समुचित सदुपयोग गर्दै निरन्तर बाढि  र डुबान प्रभावितको सेवामा लाग्ने प्रतिबधता जनाएको छ ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *