Press "Enter" to skip to content

खानेपानीको समस्याप्रति गम्भीर, मन्त्री खान, Nepal News

मदरसा व्यवस्थापन तथा धार्मिक स्थलहरूमा नि:शुल्क खानेपानीको व्यवस्थापनका लागि ज्ञापनपत्र दिइएको छ ।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीसहितको टोलीले खानेपानी मन्त्री अब्दुल खानलाई ज्ञापन पत्र दिएका हुन् ।

खानेपानीको उचित व्यवस्था नभएका स्थानमा खानेपानी मन्त्रालयले अनुगमन गरि नि:शुल्क खानेपानीको व्यवस्था मिलाउन ज्ञापन पत्र दिइएको उपाध्यक्ष मशहूद खाँ नेपालीले जानकारी दिए । नेपाल भित्र रहेका धार्मिक स्थलहरु (मन्दिर, मस्जिद, गुम्बा, विहार, चर्च, गुरूद्वारा) लगायत अन्य धार्मिक स्थलहरुमा नि:शुल्क खानेपानीको व्यवस्थापन हुनुपर्ने उनले बताए ।

राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले मन्त्री खानसँग मदरसामा पढाउने शिक्षकलाई प्रक्रिया पुर्‍याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नुपर्ने प्रतिबद्धता जनाए । सरकारले मदरसामा दिँदै आएको बार्षिक अनुदान रकम २ लाख एक्चालिस हजारबाट बढाएर १० लाख दिनुपर्ने बताउँदै आफ्नो तवरले समस्या समाधान गर्न उनले आग्रह समेत गरे ।

खानेपानी मन्त्री खानले आफू खानेपानीको समस्याप्रति गम्भीर भएर लागेका उनकाे भनाइ छ । उपाध्यक्ष खां सहित राष्ट्रिय मदरसा संघ नेपालका वरिष्ठ सल्लाहकार मेघनाथ ढकाल, खतिजुल कुबरा गर्लस कालेजका अध्यापक अब्दुल कयुम, हफि जुल्लासहितको टोलीले खानेपानी मन्त्री खानलाई ध्यानाकर्षण गराएकाे जनाइएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *