Press "Enter" to skip to content

नागरिकताकाे सिफारिस लिन `वडामै घुस´ Nepal News

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाका एक वडा अध्यक्षले नागरिकताकाे सिफारिस गर्न आर्थिक चलखेल गरेकाे पाइएकाे छ । लामाे समयदेखि सेवाग्राही सिफारिस गर्न वडा कार्यालय धाइरहँदा वडा अध्यक्षले खाजा खर्च भन्दै पैसा मागेपछि रहस्य बाहिरको हाे ।

वडा नम्बर-९ का वडा अध्यक्ष सतीश कुमार हरिजनले सेवाग्राही राम सेवक (परिवर्तित नाम) काे नागरिकता बनाईदिने भन्दै ६ हजार रुपैया लिएकाे रहस्य खुलेको छ ।

वडा अध्यक्ष हरिजनले नागरिकताकाे लागि सिफारिसमा कानुनले ताेकेकाे दस्तुर बाहेककाे रकम बारम्बार माग्दा समेत सेवाग्राहीले नदिँदा वडा अध्यक्षले हस्ताक्षर नगरेकाे सेवाग्राहीले बताए । उनले भने :”पटकपटक वडा कार्यालय धाउनुपरेकाे थियाे तर पैसा लिइ सकेपछि हस्ताक्षर भयाे ।”

सेवाग्राही २०७९ भदौ १ गते ईलाका प्रशासन कार्यालय चन्द्राैटा जाँदा साे कार्यालयले सर्जमिन ताेकेकाे थियाे । साेहि अनुसार उनी २०७९ असाेज ७ गते इलाका प्रहरी कार्यालय बहादुरगन्जले सर्जमिन गरेपछि सेवाग्राही पुन : प्रशासन कार्यालय पुगेका थिए ।

Harijan

अध्यक्ष हरिजनले सेवाग्राहीसँग पहिलाे पटक ४ हजार लिएकाे स्राेतले जनाएको छ । त्यसपछि सनाखत सहितकाे सिफारिस माग गरेपछि सेवाग्राहीले वडा अध्यक्ष हरिजनलाई भेट गरेकाे बताए । सनाखतकालागि ईलाका प्रशासन कार्यालय चन्द्राैटा जाँदा माेटरसाइकलमा पेट्रोल हालेकाे जनाउँदै एक हजार नगद लिएपछि मात्र हस्ताक्षर गरेकाे सेवाग्राहीले जिकिर गरे ।

वडा अध्यक्ष सतीश कुमार हरिजनलाई यसबारे बुझ्न खाेज्दा फाेन सम्पर्क हुन सकेन । यता नगर प्रमुख रजत प्रताप शाहलाई बुझ्दा सेवाग्राहीसँग वडा अध्यक्षले पैसा लिएका छन भने सेवाग्राहीले नगरपालिकामा लिखित उजुरी दिनुपर्ने बताउँदै घटनाबारे सत्यतथ्य बुझेर कार्वाही गर्ने शाहले बताए । उनले भने : “निवेदन दिनुपर्छ, सेवा सुविधा राेक्का गर्दिन्छु । कार्वाही गर्ने आधार चाहिन्छ ।”

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *