Press "Enter" to skip to content

सहकारीलाई आयआर्जनसँग जोडिनुपर्ने : सांसद केसी, Nepal News

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले सहकारीले आर्थिक कारोबार मात्र भई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-३, मदवामा रहेकाे बिगुल बचत तथा ऋण सहकारी संस्थाकाे ११औं साधारणसभा तथा छैँठाैँ अधिवेशनलाई शनिबार सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

सदस्यहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक कार्यक्रमहरु लागु गर्न केसीले सुझाए । सानो रकम जम्मा गरेर सहज रुपमा ऋण प्रवाह गरिरहेका सहकारीले अब सामाजिक क्रियाकलापमा जोड दिनुपर्ने उनले बताए ।

यसैबीच शिवराज नगरपालिका वडा नम्बर-३ का अध्यक्ष टेकलाल सापकोटाले वडा भित्र रहेको बलियो सहकारीको रुपमा बिगुल सहकारी रहेको बताए । सहकारीले नयाँ कुनै अभियान लिएमा वडा तथा नगरले साथदिने उनले जनाए । चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले शिवराज ३ का नागरिकहरुले बाख्रा पालन र भैसी पालन गरेर पकेट क्षेत्र बनाउनुपर्ने बताए ।

थप समाचार

यस्तै सहकारीको अध्यक्ष भिम प्रसाद खनाल चयन भएकाे सहकारीले जनाएको छ । ११औं साधारण सभा तथा छैँठौँ अधिवेशनले खनाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कोपिला न्यौपाने, सचिवमा देविराम पाण्डे, सह सचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्ष शंकर मल्ललाई चयन गरिएको जनाइएको छ । सदस्यहरुमा कमलराज गिरि ऋषिराम खनाल, रेणु थापा, गोमा पौडेल रलेखा समितिको संयोजकमा नर बहादुर पौडेल, प्रकाश विक र लिला कुमारी नाराभाटलाई चयन गरिएको छ ।

संस्थाका अध्यक्ष नरबहादुर पौडेल, उपाध्यक्ष कोपिला न्यौपाने, सहसचिव जीबलाल भुसाल लगायतले आर्थिक एवं सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्दै आएको सहकारीले आगामी दिनमा उत्पादनमा थप जोड दिनुपर्ने भन्दै कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *