Press "Enter" to skip to content

मधेस बस्तीमा कु-प्रथाविरुद्घ सचेतना, Nepal News

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका-११,बनगाईमा गत माघ १८ गते सोनमती तेली, सोमना तेली र राधिका तेली माथि कुटपिट भएको थियो । साे घटनापछि बुटवल टुडे लगायत विभिन्न मिडियामा समाचार सार्वजनिक भयाे ।

घटनाले समुदायस्तर जरा गाडेकाे देखिएपछि `मान्छे बाेक्सी हुन्न कहिले जागरण प्रतिष्ठान´ नामक संस्थाले सचेतना कार्यक्रम गरेकाे छ । विशेषगरी मधेस बस्तीमा बाेक्सी कु-प्रथाविरुद्घ सचेतना मुलक कार्यक्रमकाे आयाेजना गरिएकाे अध्यक्ष कोविद शरण उपाध्यायले बताए । बुद्धभूमी नगरपालिकाको गौतमबुद्ध माध्यमिक विद्यालय र महाराजगन्ज नगरपालिका-११, बनगाईमा बोक्सी कु-प्रथा विरुद्धको सचेतनामुलक अन्तर्गतको डकुमेन्ट्री ‘अग्निदहन’ प्रदर्शन गरिएको उनले जनाए ।

थप समाचार Nepal News

घटना स्थलमै डकुमेन्ट्री चलचित्र प्रदर्शन गर्दा जनचेतना गराउन सकिने भन्दै घटनास्थल बनगाई र गोरुसिंगेमा आइतबार डकुमेन्ट्री प्रदर्शनमा २ हजार बढिको सहभागिता रहेकाे प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनपछि सहभागी विद्यार्थी र स्थानीयले बोक्सी केवल भ्रम भएको र यो मनको डर अनि आशंका मात्रै भएको प्रतिक्रिया दिए । आम नागरिक अन्धविश्वासमा गुज्रिरहेको बताउँदै उनीहरुले अब उपरान्त धामीझाँक्रीमा समय व्यतीत गरेका बताए । आफ्ना परिवार र समाजमा कु-प्रथा विरुद्घ सचेतना फैलाउने प्रतिबद्धता समेत जनाए ।

बोक्सी हुन्छन भन्ने भ्रमलाई मनो बैज्ञानिक तरिकाबाट फाल्न ठूलो भूमिका खेलेको चलचित्रले मनोविज्ञान हो जसले आफैलाई तानव ग्रस्त बनाउँछ । एक प्रकारको डर उत्पादन गर्छ र त्यसलाई समाजले बोक्सीको उप नाम दिएको छ भन्ने सन्देश समेत दिइएको छ ।

समाजका आमनागरिकको पहुँच हुने र शक्तिको आडमा आफ्नो फाइदा विपरीत काम गर्नेलाई सताउन र दास बनाउन रचिएको कुदृष्टि नै बोक्सी भनिने कुप्रथा हो भन्ने चलचित्रमा प्रदर्शन गरिएको जनाइएको छ । समाजमा हुने गरेका यस्ता विकृति विसंगति लगायत रुढीबादी परम्पराकाे अन्त्य गरि सभ्य समाजकाे निर्माण गर्ने प्रतिष्ठानले योजना बनाएको अध्यक्ष उपाध्यायकाे भनाइ छ ।

चेतना फैलाउने उदेश्यले विभिन्न विद्यालय, सामाजिक संघसंस्थाहरु गाउँटोलमा पुगरे विभिन्न समुदायस्तरमा सचेतनामूलक सिनेमा प्रदर्शन गरिदैँ आएको उपाध्यायले बताए । विकृति फैलाउने कुप्रथालाई अन्त्य गर्न नेपालको संविधान २०७२ मा उल्लेख भएर कानुनी रूपमा दण्डनीय भएपनि यस्ता प्रथालाई न्यूनीकरण हुन सकेकाे छैन ।

स्थानीय जनार्दन कुर्मी, पुष्पावती पासी, प्रमिला पासी, राम चल्ले चमकटीया लगायतले बोक्सी लगाएर मारेको भन्दै आक्रमण भएको हाे । सोमनाको देवर शुद्धु तेलीको मृत्यु भएपछि बोक्सी लगाएर मारेको आरोप लागेकाे थियाे ।

उनीहरु मलामी गएर घर फर्किए पछि कुटपिट गरेका थिए । कुटपिटले घाइते भएका ३ जनाको कपिलवस्तु अस्पतालमा उपचार भएको थियो । उपचारपछि घर फर्किएर जाहेरी दिन वडा प्रहरी कार्यालय चन्द्रौटा पुगेकी सोमना प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि निरास भएर घर फर्किएकी थिइन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *