Press "Enter" to skip to content

नेपाल आदिवासी जनजाति महासघं पाल्हिनन्दन गाँउ समन्वय समितिको दोस्रो अधिवेशन, Nepal News

नेपाल आदिवासी जनजाति महासघं पाल्हिनन्दन गाँउ समन्वय समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न् भएको छ । दोस्रो गाउँ अधिवेशनबाट पुनः श्याम शुन्दर चौधरी अध्यक्ष पदमा चयन हुनुभएको छ ।


पाल्हिनन्दन गाउँपालिका वाड नं. ४ मा रहेको पाल्हि स्थित खानेपानिको सभाहलामा उक्त कार्यक्रम भएको हो । गाउँ समन्वय समितिका अध्यक्ष श्याम शुन्दर चौधरीको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासघं जिल्ला समन्वय समितिका सचिव देवन गुरुङ्गको प्रमुख अतिथ्यता एवं महासघंका सहसचिव प्रमोद कुशवाडियाको पहलमा अधिवेशन सम्पन्न् भएको हो ।

अधिवेशनमा ३ जना उपाध्यक्षमा क्रमश सिकेन्द चौधरी ,सर्मा चौधरी र जानकी चौधरी निर्वाचित हुनु भएको छ । यस्तै सचिवमा अनिल कुमार चौधरी ,कोषाध्यक्षमा मोहनी देवि चौधरी, सहसचिवमा क्रमश दुर विजय चौधरी,गणेश चौधरी, सुवास चौधरी यस्तै सल्लाहकार संयोजकमा मञ्जु कुमारी चौधरी,सल्लाहकार सदस्यमा सरोज कुमारी चौधरी चयन हुनुभएको छ ।


कार्यक्रमको संचालन मुञ्जु चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको जानकारी जनजाति महासघं जिल्ला समन्वय समितिका सचिव देवन गुरुङ्गले जानकारी दिनु भयो ।

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *