Press "Enter" to skip to content

घटना दर्ता सम्बन्धी सराेकारवालासँग अन्तक्रिर्या, Nepal News

कपिलवस्तुकाे शिवराज नगरपालिका-९ मा घटना दर्ता सम्बन्धी धर्म गुरु र सराेकारवालाहरुसँग अन्तक्रिर्या गरिएको छ । घटना दर्ता गर्न सेवाग्राहीले लापरबाही गरेकाेले कार्यक्रमकाे आयाेजना गरिएको जनाइएको छ ।

अन्तक्रिर्या कार्यक्रममा सामाजिक तथा पञ्जिकरण शाखा प्रमुख तथा एमआइएस अपरेटर दीपक खड्काले घटना दर्ता समयमै गर्न सेवाग्राहीलाई आग्रह गरे । सेवाग्राहीले घटना दर्ता गर्न ढिलासुस्ती गर्न नहुने जनाउँदै सरकारले टाेकेकाे मापदण्डअनुसार सेवालिन सहजता प्रदान गर्नुपर्ने उनले बताए । प्रशिक्षण दिँदै खड्काले कानुनसम्मत मिल्ने कामकाज कर्मचारीले स्वयं गर्ने बताउँदै सेवाग्राहीले राजनैतिक हस्ताक्षेपले काम गर्न दबाब दिननहुने बताए ।

सानै उमेरमा हुने गरेकाे बाल विवाहले घटना दर्तामा एकदमै समस्या निम्ताएकाे बताउँदै बसाइँसराइ गर्दा समयमै निश्चित स्थानमा दर्ता गराउनुपर्ने समेत उनले बताए । धर्म गुरु र सामाजिक अभियानताहरुले यसलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्व खड्काले व्यक्त गरे ।

घटना दर्ताबारे स्थानीयलाई जनचेतना नभएकाले आधिकारिक डाटा आउन नसकेको बताए । याे कार्यक्रम पालिकाकाे ६ वटा वडामा सञ्चालन हुने उनकाे भनाइ छ । दर्ता भएकाे १ बर्षकाे अवधिमा बिग्रिएकाे सच्याउन मिल्ने बताउँदै लापरबाही गर्न हुने अपरेटर खड्काले उल्लेख गरे ।

यसैबीच अर्का प्रशिक्षक वीपिन खनालले घटना दर्ताकाे कानुनी प्रक्रिया सेवाग्राहीलाई प्रष्ट पारे । स्थानीयले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गरेकाे बताउँदै जसले समयमै सेवा प्रवाह गर्न नसकेको उनले जनाए ।

वडा नम्बर-९ का वडा अध्यक्ष राम गाेपाल थारुले यस कार्यक्रमले जनचेतना जाेगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सेवाग्राहीलाई समयमै घटना दर्ता गरि सेवालाई चुस्तदुरुस्त बनाउन टेवा पुग्ने समेत उनले जिकिर गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *