Press "Enter" to skip to content

चाेरखाेलामा भाेट छ, बिजुली छैन, Nepal News

कपिलवस्तुकाे शिवराज नगरपालिका-१, चाेरखाेला बासी अन्धकारमय जीवन जीउन बाध्य भएका छन् । सम्बन्धित निकाय नै बेवास्ता गरेपछि उनीहरु बाध्य भएका हुन् ।

जिल्लाकाे मुख्य बजार चन्द्राैटादेखि करिब १५ किलोमिटर लुम्बिनी प्रदेशकाे राजधानी जाेडने भालुबाङ पुर्व-पश्चिम महेन्द्र राजमार्गकाे छेउमै रहेको चोरखोला बस्तीमा विद्युत नहुँदा स्थानीय समस्या झेल्दै आएका छन् ।

विधुतसँगै शुद्धखानेपानी र माेबाइल नेटवर्कको समेत व्यवस्था नहुदाँँ आम नागरिक दुषित पानी पिउन बध्य भएको स्थानीय एम.वि. सुनार बताउँछन् । उनले भने : “बिजुली बत्ती लगायतका व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर यस विषयमा बेखबर रहेकाे छ ।”

अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधी उपचारको समेत अभाव रहेकाे केशब सुनारले बताए । मोबाइलको नेटवर्क नटिप्दा चोरखोला बासीमा स्थानीय सरकारप्रति झनै निरासा थपिएको उनले जनाए । औषधी उपचारकोलागि टाढा जार्नुपर्ने बताउँदै मोबाइलको टावरको लागि रुखमा चढ्नुपर्ने बध्यता रहेको पिडा सुनाए ।

चोरखोलाबासी विद्युतको लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा समेत सुनवाइ नभएकाे स्थानीयकाे आराेप छ । पटक-पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जानकारी गराउँदा पनि चाेरखाेला बासीकाे पीडा बेवास्ता गरिएको एम.वि.ले भने । शुक्रबार उनी सहितकाे एक टाेलीले यथाशीघ्र उक्त स्थानमा विधुत जडानकाे लागि माग गरेकाे छ । एक साताभित्र विधुत प्रशारणकाे काम सुरु नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिइएकाे उनले बताए ।

Kapilvastu

बर्षाैँदेखि झार तार्ने काम मात्रै भएकाे बताउँदै केही महिना पहिले पाेल झारिएकाे भएपनि बाँकी कामले गति नलिएको उनकाे आराेप छ । विधुत प्रशारण जडानकाे कार्यका लागि गाैरी कन्ट्रेक्सनलाई २ महिना अगाडि ठेक्का समेत परेकाे सूचना भए त पनि काम अघि नबढ्दा स्थानीय चिन्तित बनेकाे अगुवा एम. वि. सुनारकाे भनाइ छ ।

यता शिवराज नगरपालिका प्रमुख अजय थापाले जति सक्दो छिटाे विधुत्, खानेपानी र माेबाइल नेटवर्ककाे समस्याको समाधान गर्ने बताए । थाेरै बस्ती लगानी बढी लाग्ने हुनाले जटिलता हुँदै आएकाे उनले दावी गरे ।

विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका अनुसार जडान प्रक्रिया अब छिट्टै अघि बढेकाे बताए । थाेरै बस्ती धेरै लगानी लाग्ने भएकाले त्यहाँ विधुत जडान गर्न असहज भएकाे समेत जनाइएको छ । ठेक्काकाे जिम्मा पाएकाे गाैरी कन्ट्रेक्सन प्रालिका अनुसार विधुत प्राधिकरणमा जडान सामग्री आएमा कार्य तत्कालै सुरु गर्ने जनाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *