Press "Enter" to skip to content

दश महिनामै वडाकाे उत्कृष्ट कार्य, Nepal News

निर्वाचनपछि अधिकांश जनप्रतिनिधि आफूले गरेका वाचा भुल्ने गरेका हुन्छन् । वाचासँगै समुदायस्तरमा विकास गर्ने प्रतिबद्धता समेत ख्याल नगरी अघि सरेका पाइन्छ ।

२०७९ बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन सम्पन्न भएकाे थियाे । त्यस लगत्तै पालिकाकाे विभिन्न तहकाे नेतृत्व तय भयाे । त्यसैलाई मध्यनजर गर्दै विजय भएका जनप्रतिनिधिले समुदायमा गरेका वाचा पूरा गर्न कटिबद्ध भएकाे हुन्छन् । त्यसैकाे उदाहरण बनेका छन् टेकलाल सापकोटा । उनी कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर-३, का वडा अध्यक्ष हुन् । उनले यसभन्दा पहिले वडा अध्यक्ष भएर एक कार्यकाल सकाइ सकेका छन् ।

निर्वाचन पछि कार्यभार समाल्हेदेखि उनी अब बाँकी रहेका काम गर्ने जमर्को गरेकाे छन् । करिब १० महिनाकाे अवधिमा समुदायस्तरमा विकास निर्माण लगायतकाे क्षेत्रमा वडा कार्यालयले गरेकाे प्रतिबद्धताको अधिकांश याेजना पूरा हुँदै गएकाे छ । भाैगाेलिक विविधताले नगरकै विकट क्षेत्र रहेकाे भएपनि वडावासीलाई विकासले सहजता प्रदान गरेकाे छ ।

वडाकालागि छुट्टै एम्बुलेन्स सेवा प्रवाह गर्नुकाे साथै सुत्केरी महिलाहरुलाई नि:शुल्क सवारी साधनकाे व्यवस्था गरिएको छ । वडा कार्यालयबाट टाढा रहेकाे सेवाग्राहीहरुकाे समस्यालाई मध्यनजर गर्दै बलुहवा गाउँमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

यस्तै कृषकहरुलाई मध्यनजर गरेर स्यालो ट्युबवेल समेत हरेक गाउँमा उपलब्ध छ । गाउँ टाेलमा टाेल विकास संस्था समेत गठन गरेर विकासमा टेवा पुग्नेछ । दाहसंस्कारका लागि नि:शुल्क दाउरा समेत उपलब्ध गराइरहेकाे छ । वडाले गरेकाे खरकाे छानाेमुक्त बनाउने कार्यक्रमले समेत सार्थकता पाएकाे स्थानीय खुसीलाल थारु बताउँछन् ।

विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर जस्ता प्राविधिक बिषय अध्ययनका लागि एकपटक २ लाख दिने वडाकाे याेजना छ । कृषि तरकारी तथा माछा मासु र दूध उत्पादनकाे आधारमा अनुदानकाे व्यवस्था गरिनेछ ।

यस्तै हरेक गाउँको चाेकचाेकमा सडक बत्ती र आवश्यक स्थानमा सिसीटिभी जडानकाे तयारी रहेकाे छ । वडाभित्र खेलमैदान बनाइनेसँगै पुरातात्त्विक पर्यटकीय संभावना रहेका ऐतिहासिक स्थलहरुलाई पर्यटकीय गन्तव्यकाे रुपमा संरक्षण र विकास गर्ने वडाकाे लक्ष्य रहेकाे छ ।

विगतका कार्यकालमा बाँकी रहेका अधुरा याेजनाहरु प्रतिबद्धता अनुसार अब जतिसक्दो छिटाे नै पूरा गर्ने वडा अध्यक्ष सापकोटाले बताए । यस कार्यकालमा पनि जनता सामु जाहेर गरेकाे प्रतिबद्धताहरुलाई क्रमशः पूरा गर्दै जाने समेत उनले बताए । वडालाई नमुना वडा बनाउन कुनै
कसर बाँकी नराख्न बताउँदै जनताका सेवामा सदैव तत्पर रहेकाे उनकाे भनाइ छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *