Press "Enter" to skip to content

स्व. पाैडेलको स्मृतिमा शाेक सभा, News of Nepal

कपिलवस्तुकाे शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा शाेक तथा श्रद्धाञ्जली सभा गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज-३ वडा कमिटीको आयोजनामा सभा शनिबार सम्पन्न भएकाे आयाेजकले जनाएको छ ।

नेकपा एमाले शिवराज नगरपालिका-३ वडा कमिटीकाे सक्रिय सदस्य स्व. विष्णु प्रसाद पाैडेलकाे असामयिक निधनप्रति शोक सभामा उनले गरेकाे याेगदानकाे स्मरण गर्दै फोटोमा माल्यार्पण समेत गरिएको एमाले ३ नम्बर कमिटी सचिव तुलसी भुसालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु उप-सचिव अर्जुन कुमार केसीले सभालाई सम्बोधन गर्दै स्वर्गीय पाैडेलको निधनले सिंगाे पार्टीलाई ठूलो चोट पुगेको बताए । दिवांगत आमाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवारप्रति गहिरो समावेदना समेत उनले प्रकट गरे । अनुशासन र बफादारीताको प्रेरणाका श्रोत भएकाले सोही अनुरुप सबैजना लाग्नु पर्ने केसीले बताए ।

https://youtu.be/ErF4yS7T2-k

वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले साताैँ दिनको पुण्यतिथिको अवसर पारेर आयाेजना गरिएको शाेक सभामा स्व. पाैडेले समाजमा गरेकाे याेगदानकाे स्मरण गराए । समग्र पार्टी नै स्तब्ध भएकाे बताउँदै उनले गरेकाे सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिलता र सक्रियताले नयाँ पुस्तालाई उर्जा थपिएको समेत सापकोटाले बताए ।

स्व. पाैडेलको २०७८ फागुन १५ गते आइतबार बिहान ७ बजे ५८ बर्षको उमेरमा हृदयाघातका कारण निधन भएकाे थियाे । मृतक पाैडेलकाे श्रीमती सहित १ छोरा र ३ बहिनी छोरीहरु छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *