Press "Enter" to skip to content

सरकारले मदरसा शिक्षालाई प्राथमिकीकरण गर्दै : मन्त्री खाँm News of Nepal

लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले प्राथमिकता राख्दै गएकाे बताएका छन् ।कपिलवस्तुको कृष्णनगरमा मंगलबार आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री खाँले यस्ताे बताए ।

कृष्णनगर अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया मदरसाकाे अनुगमनकाे क्रममा आयाेजना गरिएको कार्यक्रममा समाज परिवर्तनका लागि शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा बताउँदै मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे उनले बताए । आर्थिक, शैक्षिक र राजनीतिक रुपमा समानता नभएसम्म परिवर्तन नहुने मन्त्री खाँले जनाए ।

मन्त्री खाँले भने, “हामीले यस विषयमा गम्भीरतापूर्वक साेचेर आवश्यक कदम आवश्यक चाल्न जरुरी रहेकाे छ” । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक, शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्‍याउन निर्देशनसमेत दिएको उनकाे भनाइ छ । अन्य समुदाय भन्दा मुस्लिम समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेकाे बताउँदै मदरसालाई शिक्षाको मूलधारमा ल्याउनका लागि मदरसाका शिक्षक, नेतृत्वकर्ताले पहल जरुरी रहेकाे समेत उनले बताए ।

त्यसैगरी राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले कार्यक्रमलाई सम्बाेधन गर्दै सरकारले मुस्लिम समुदायकाे शिक्षालाई उपलब्धिमूलक बनाउन मदरसाका शिक्षकलाई पनि डिग्रिकाे मान्यता दिनुपर्नेमा जाेड दिँदै आएको उनले बताए । शिक्षा प्राविधिक र राेजगारमुलक शिक्षा हुनुपर्ने जनाउँदै मदरसालाई शैक्षिक मूलधारमा ल्याउन संघबाट सरकारलाई ध्यानाकर्षण गराउँदै आएकाे डा. अलकुफीले बताए ।

Nepal Muslim

यसैबीच राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले प्रदेशले भाैतिक, शैक्षिक रुपमा मदरसालाई बजेट विनियोजन गरि अहम भुमिकाकाे सुरुवात गरेकाे प्रशंसा गरे । प्रदेश सरकारले अहिले मदरसा शिक्षाका लागि सराहनीय कार्यकाे कदम चालेको उनले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै शिक्षा विभाग साउदी अरब‌का, शैख बदरबिन नासिर अल उन्जी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका अध्यक्ष समिम अहमद नदवी, आयसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद लगायतले मदरसा शिक्षालाई सरकारले प्राथमिकतामा राखी आवश्यक पहल गर्नुपर्ने आवश्यक रहेकाे बताए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *