Press "Enter" to skip to content

चन्द्राैटामा एमसीसी विरुद्ध पाँच दलिय प्रदर्शन, News of Nepal

कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध क्रियाशील पाँच दलिय विरोध प्रदर्शन गरिएकाे छ । बुधबार एमसीसी सम्झौता खारेजीकाे नारा जुलुस गर्दै चन्द्राैटा बजार परिक्रमा चन्द्रौटा चोकमा काेणसभामा परिणत भएकाे हाे । नेकपा(विप्लव), नेकपा(माले), राष्ट्रिय जनमाेर्चा, नेकपा (मसाल) र नेकपा माओवादी लगायतकाे संयुक्त आयाेजनामा कार्यक्रम गरिएको बताइएको छ ।

नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि शर्तमा मान्य नहुने बताए । यदि जबर्जस्ती लागू गर्न खोजे जस्तो सुकै बलिदानी दिन आफूहरु तयार रहेको समेत उनले बताए । अमेरिकाको दिर्घाकालीन योजना चीनलाई घेराबन्दी गर्नु इन्डाेफेसफिक, आइपिएस रणनीति अन्तर्गत रहेको हुँदा यसलाई समर्थन गर्नु भनेको नेपाल चीन विरुद्ध अमेरिकी सैन्य कायम हुनु सरह रहेकाे सदस्य भुसालले बताए ।

यसैबीच राष्ट्रिय जनमोर्चा प्रतिनिधि तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदैले विश्वका स्वतन्त्र गरीब देशहरूमा अमेरिकाले गरेको हैकमबारे प्रष्ट पारे । उनले नेपालमा जबर्जस्ती लिनै पर्छ भनेर दबाब दिनु नेपालको संविधानभन्दा माथि हुन खाेजेकाे बताए । अमेरिकी सेना नेपाल ल्याउने विषय नेपाल राष्ट्रको हित विपरित भएको जनाउँदै यसको खारेजीको विकल्प नभएको समेत अदैले जनाए ।

MCC

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले प्रचण्ड, ओली र माधव नेपाललाई जनतामाथि भ्रम नछर्न चेतावनी दिँदै ढुलमुल नभई एउटा कित्ता रोज्न दबाब दिनुका साथै आगामी जेठ २ गते पुन: संघर्ष गर्ने जानकारी दिए । नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरे, नेकपा मालेका जिल्ला संयोजक ओम नारायण चतुर्वेदी र नेकपाका जिल्ला सेक्रेटरी कमल केसी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *