Press "Enter" to skip to content

कालाेपत्रे सडकमै पाेल : प्लाटिङ्ग गर्नेहरुको लापरवाही, Nepal News

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर ५ का सामान्य परिवारका मनिराम थारु एक कृषक हुन् । उनी सपना बुनेर साेही वडाकाे नाैडिहवा टाेलमा कित्ता नम्बर ३९८१, ३९८२ र ३९६४ छाे. भगवानपुर ८ (क) काे दुई कठ्ठा पाैने एक धुर क्षेत्रफल रहेकाे जग्गा खरिद गरे ।

मनिरामकाे सहित स्थानीय झिन्कन थारु, भुसनी थारु र कर्मनीया थारुले समेत साेही स्थानमा प्रति एक कठ्ठाका दरले जग्गा खरिद गरेका थिए । त्यस लगत्तै केही समय पछि स्थानीय छविलाल बन्जाडे र शिव प्रसाद हरिजन (छाेटु) सहितकाे नेतृत्वकाे एक टाेलिले बाटाे निकास गरि दिनेभन्दै प्लाटिङकाेलागि उनीहरुलाई प्रस्ताव गरेका थिए ।

साेही प्रस्ताव अनुसार बाटाे निकासका लागि एक कठ्ठा बराबर ४ धुर जग्गा दिने वा जग्गा नभए चलन चल्तीको रेटमा पैसा दिने भनी उनीहरुको आपसी सहमति भयाे । त्यसै अनुरुप थारुले प्लाटिङकाे नेतृत्व गर्ने छाेटुलाई मनिरामले ७ लाख ५० हजार हुना आएकाेमा ७ लाख रुपैया नगद दिएकाे उनी बताउँछन् । यसरी लामाे समय सम्म आफ्नाे पैसा वा जग्गा प्लाटिङ पक्षले आफूलाई फिर्ता नदिँदा कालाेपत्रे सडकमा पाेल गाडेको थारुले बताए ।

आफूले पटक-पटक प्लाटिङ पक्षसँग फिर्ता गर्न आग्रह गरेकाे बताउँदै नापजाँच गर्दा जहाँसम्म आफ्नाे क्षेत्रफल आएकाे त्यहि भागमा पाेल गाडेको उनकाे भनाइ छ । प्लाटिङ्ग गर्नेहरुको लापरवाहीले अहिले सडकभर पोल ठाडिएकाे स्थानीयकाे आराेप छ ।

कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले नबोलाएको जनाउँदै पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताए । थारुले भने :`कुनै जानकारी बिना सडक निर्माण भयो मेरो अधिकांश जग्गा सडकमा परेको छ’ उनले थपे :”यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।” नौडिहवा गाउँको दक्षिणतर्फ रहेको कालोपत्रे सडकमै पोल गाडेपछि सवारी हिँड्डुलमा समस्या समेत भएकाे छ ।

यता प्लाटिङ पक्षका छविलाल बन्जाडेले सडक बनाउँदा नापजाँच गरेकाे भएपनि पुनः थारुले नापजाँच गर्दा फरक देखिएको हुन सक्ने बताए । प्लाटिङ पक्षकै लापरवाही रहेकाे स्वीकार गर्दै उक्त जग्गामा प्लटिङ्ग गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बन्जाडेले जनाए ।

यस्तै प्लाटिङ पक्षका अर्का स्थानीय छाेटुले थारुसँग पैसा लिएकाे स्वीकार गर्दै मनिराम लगायतकाे जग्गामा बनेकाे संरचना भत्काइने जनाए । उनका अनुसार सडक कालाेपत्रे गर्ने ठेकेदारकाे गल्ती रहेकाे बताउँदै दुबै पक्षको सहमति भए जग्गा वा पैसा फिर्ता गर्ने उनकाे भनाइ छ ।

Kapilvastu 2

यता सडक निर्माण ठेकेदार पक्षका शैलेन्द्र पुनले प्लाटिङ पक्षले भने अनुसार आफूले काम गरेकाे बताए । उनले भने : “उनीहरुले भने त्यहि अनुरुप मैले सडक लगायत संरचना निर्माण गरे ।” आफू कामदार रहेकाेले जस्ताे निर्देशन आयाे त्यसरी नै काम सम्पन्न भएकाे उनले जनाए ।

नापी गर्ने निकायले फरक-फरक नापी दिँदा समस्या निम्त्याएको स्थानीय सुरेन्द्र चाैधरी बताउँछन् । सडकको बीचमा पोल हुँदासम्म सरोकारवाला निकाय मौन रहेकाले जतिसक्दो छिटाे निकास हुनुपर्ने उनले बताए ।

नापी कार्यालय चन्द्राैटाका सर्वेक्षक बेचन प्रसाद गुप्ताले थारुकाे लालपुर्जा र नक्सा अनुसार नापी गरेकाे जनाउँदै नापीमा कुनै किसिमकाे कमी नरहेकाे उनले बताए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
1
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *