Press "Enter" to skip to content

भलबारी जेसीजद्वारा पुजि बजारमा प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भलबारी जेसीजको आयोजना स्मार्ट इन्भेस्टर ग्रुप बुटवल र नेपाल पुजिबजार लगानीकर्ता संघको सहयोगमा आज पुँजी बजारमा काका भनेर चिनिने केशब कोइराला संग आर्थिक र राजनीतिक बाताबरणको पुजि बजारमा प्रभाव बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । बुटवल क्षेत्रका सक्रिय सेयर लगानीकर्ताको उपस्थिति रहेको कार्यक्रममा पुजिबजारका समसामयीक बिषयमा छलफल भएको थियोे ।


भलवारी जेसिजका अध्यक्ष जेसि माधब पाण्डेयकाे अध्यक्षतामा कार्यक्रम संचालन जेसि मीन तिवारीले गर्नु भएको थियो । कार्यक्रमको संयोजन जेसि जीवन भट्टराईले गर्नु भएको थियो । स्मार्त इन्भेस्टर बुटवलका संयोजक इन्जिनियर छबिन्द्र भट्टराईले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्नु पर्ने धारणा राख्नु भयो । बुटवलका सक्रिय सेयर लगानीकर्ता यमलाल भट्टराईले राज्यका आर्थिक र राजनीति बाताबरणले पुजिबजार प्रत्यक्ष प्रभाव पार्ने हुदा सोही अनुसार लगानीकर्ताले लगानी गर्नुपर्ने धारणा राख्नु भयो । आर्यतारा ब्रोकर ५७ बुटवल प्रमुख टेक राज भट्टराईले बजार बारेमा लगानीकर्ताका सचेत रहनुपर्ने र अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने बिचार ब्यक्त गर्नुहुदै यस क्षेत्रका लगानीकर्ता लाई आफ्नो तर्फबाट दिनुपर्ने सुबिधामा कमि नहुने जानकारी गराउनु भएको थियो ।

बेनी माधव बस्याल


भलवारी जेसिजले नेतृत्व बिकास, ब्यावसायिक बिकास, सामाजिक उत्तरदायित्व र अन्तरास्ट्रिय अवसरका क्षेत्रमा कार्य गर्दै आएको छ । बर्तमान अवस्थामा युवाहरुको पुजि बजारमा उपस्थिति बलियो रहेको हुँदा सुरक्षीत लगानीका लागी सचेत गराउन यस कार्यक्रमको आयोजना गरिएको भलवारी जेसिज अध्यक्ष माधब पाण्डेय ले जानकारी गराउदै आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गरिने जानकारी गराउनु भयो ।

बेनी माधव बस्याल

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *