Press "Enter" to skip to content

कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुद्धारा तिन  जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी (समसारा) परियोजना शुरु

कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुले लुम्बिनी प्रदेशको तिन  जिल्लामा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण (समसारा) परियोजना शरु गरेको छ । पश्चिम नवलपरासी, रुपन्देहि र कपिलबस्तु जिल्लामा उक्त परियोजना ३० महिनाका लागि शुरु भएको हो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आयोजनामा तथा एम्लिफाई चेन्जको आर्थिक सहयोगमा लुम्बिनीमा आयोजित यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि तिनदिने सञ्चारकर्मी कार्यशालामा परियोजनाका संयोजक अभिनव चौधरीले उक्त कुरा बताउनु भएको छ  ।  

सो अवसरमा परियोजनाका संयोजक चौधरीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयनको बातावरण निर्माण, सरोकारवालाको सशक्तिकरण, युवामैत्री वातावरणका लागि वकालत, मुद्दामा आधारित अभियान, वकालत कार्यशाला, मिडिया अभियान र स्वास्थ्य संस्था सुदृढिकरणका क्षेत्रमा रणनितीक रुपमा काम गर्ने बताउदै उहाँले सञ्चार क्षेत्र सँग समन्वय गरेर बिषय केन्द्रित नितीगत सुधारका लागी पहल गर्ने बताउनु भयो ।
यस्तै कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले लैङ्गिक हिंसा उन्मुलन र युवा तथा किशोराको स्वास्थ्य सेवामा पहुँच बृद्धि गराउने गरी परियोजना कार्यान्वयनमा गर्ने बताउनु भयो । रावलले  सञ्चार क्षेत्रको सहकार्यमा यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्यका मुद्दाहरु सम्बोधन गर्न तिनै तहका सरकार सँग नीति कार्यान्वयन र आवश्यताका आधारमा संसोधनका लागि वकालत गरिने बताउनु  भयो  ।

nawalparasi news


कालिकाका अध्यक्ष मन्दिप सिंहले आफ्नो संस्थाले घेरै क्षेत्रहरुमा काम गर्दे आएको बताउनु भयो । कार्यशाला आयोजनाले तिनै जिल्लाका प्रजनन स्वास्थ्यका सवाल र मुद्दा उठानमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएकोे बताउदै संंस्थाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र नागरिक शिक्षालाई नागरिकको सरोकारको बिषय बनाउने गरी कार्य सम्पादन गरेको जानकारी दिनु भयो ।

त्यस्तै , कार्यशालामा सहजकर्ता जेसी स्पेसलिस्ट ९लैङ्गिक बिज्ञ० तथा सञ्चारकर्मी रिमा बिसी, अधिवक्ता गोमती सुनार (दिपा) ले कार्यशालाको सहजीकरण गर्नु भएको  थियो ।  सो अवसरमा  सञ्चारकर्मीलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ मा भएका व्यवस्थाहरु, ऐन कार्यान्वयनको अवस्था र चुनौती, लैङ्गिक हिंसा, बालविवाह, किशोर किशोरी र युवामैत्री सेवा, सुरक्षित सुत्केरी सेवा, गर्भ परीक्षण, गर्भपतनका कानुनी व्यवस्था, दाईजो, बहुबिवाह, प्रजनन स्वास्थ्य अधिकारका सवाल र सम्बोधनका उपाय, सञ्चार क्षेत्रले प्रजनन स्वास्थ्य अधिकार लगाएतका बिषय उठान गर्न खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा  परियोजनाका कपिलवस्तु संयोजक अनिल घर्ती, नवलपसारी संयोजक तिलकुमारी श्रेष्ठ (तिलु)ले परियोजनाका कार्यक्रम बारे जानकारी दिनु भएको थियो, भने कालिकाका कार्यक्रम संयोजक निशान्त कुंवरले संस्थाका समग्र कार्यक्रमको जानकारी दिनु भयो थियो  । किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण (समसारा) परियोजना तिन वटै जिल्लाका ३३ पालिकामा शुरु भएको छ । कार्यशालामा नवलपरासी, रुपन्देहि कपिलबस्तुगरि १५ जना संचारक्रर्मि पत्रकारहरुको  सहभागिता रहको थियो । 

डोल्मा चौधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *