Press "Enter" to skip to content

सडक निर्माणमा लापरवाही : कर्मचारी र उपभोक्ताका पदाधिकारीकै मिलेमतो, Nepal News

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विकास निर्माणका कार्यमा लापरवाही गरेकाे पाइएकाे छ । नगरभित्रकाे सडक, भवन, नाली लगायत विकास निर्माणका कार्यमा लापरवाही गरेको पाइएको हाे । नगरकाे मातहतमा हुने गरेकाे कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएकाे स्थानीयले गुनासो गरेका छन् । जनप्रतिनिधि, इन्जिनियर र उपभोक्ता समितिहरुको मिलेमतोमा कमसल सामग्रीकाे प्रयाेग गरेकाे आराेप छ ।

नगरपालिकाले विकास निर्माणको कार्यमा लाखौं रकमकाे दुरुपयोग गरिरहेको स्राेतले जनाएको छ । स्राेतका अनुसार वडा नम्बर-८, मा परेकाे नगरस्तरीय याेजना डबरा लिंक रोडदेखि समयथान हँदै दयानगरसम्म मर्मतसम्भार भएकाे सडक योजनामा लाखौं रकमको अनियमितता भएको छ ।

नगरपालिकाको दश लाख र उपभोक्ता समितिको जन श्रमदान १ लाख ८२ हजार १ सय ११ रुपैयाँ ११ लाख ८२ हजार १ सय ११ रुपैयाँमा ५ सय ५१ मिटर लामो सडक मर्मत भएकाे जनाइएको छ । उक्त सडक ४.५० मिटर चौडा, १ फिट उँचाई, माटो र माटोमाथि १५ सेन्टिमिटर मोटो ग्रेभेल गरी मर्मत गर्ने योजना रहेको नगरपालिकाका सब–इन्जिनियर मनिष पाण्डेले बताए ।

थप विडियो समाचार

नाम नखुलाउने शर्तमा एक स्थानीयले सडक मर्मत योजनामा जनप्रतिनिधिहरुले आफ्नो आसेपासे, कार्यकर्ता पाल्ने काम गरेको बताए । उनका अनुसार यस सडकमा गत वर्ष पनि ५ लाख रुपैयाँ बजेटमा सडक निर्माण भएको बताउँदै यस पटक मर्मतमा २२ ट्रालि माटो र १५ ट्राली ग्रेभेल मात्रै खसाल्ने काम भएको छ ।

उनले थपे :”सडकमा लागेको ह्युम पाइप पनि दयानगर गाउँमा रहेको पुरानो ह्युम पाइप लगाइएकाे छ । गत वर्षको बजेटमा बनेको सडकलाई पुनः त्यही माथि हल्का माटो खसाल्दै जेसीबी मेसिन चलाउने काम भएकाे छ ।” सबै मिलेर बजेट सकाउने काम गरेको भन्दै जनताको पैसा भष्ट्राचार गरेको आरोपसमेत लगाए । उक्त सडकमा ३ लाख बराबरको काम मात्रै भएको उनले बताए ।

दयानगरबासीले उपभोक्ता समितिका पदाधिकारीहरु पनि स्थानीय नभएर अन्य गाउँका रहेको बताएका छन् । हरेक निर्माण कार्यमा अनियमितता हुँदै गर्दा पनि नगरपालिकाले ध्यान नदिएको स्थानीय बताउँछन् ।

Lumbini

स्थानीयहरुले सडक मर्मत उपभोक्ता समितिबारे उपभोक्ता समितिका पदाधिकारीहरु हस्ताक्षर गर्ने काम मात्रै गरेको आरोप लगाए । बाँकी निर्माण मर्मत कार्य अन्यले गर्ने गरेको समेत स्थानीयले गुनासो पाेखे ।

यता नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीले सडक मर्मत योजनाको कार्य लगभग सम्पन्न भइसकेको जानकारी दिए । सडक मर्मत योजनालाई हेर्ने साइट सब–इन्जिनियर मनिष पाण्डेलाई जिम्मा रहेकाे जनाउँदै उपभोक्ता समितिका पदाधिकारीहरुको नाम, सम्पर्क नम्बरसमेत जानकारी नभएको बताए ।

इन्जिनियर पाण्डेलाई सडक मर्मत योजनाको स्टिमेटको जानकारी नभएकाे बताउँद‌ै आफू फिल्डमा भएकाेले विवरण हेर्न समय लाग्ने बताए । प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले प्राविधिक कुरा जानकारी नभएको जनाउँदै स्थलगत अनुगमन गरि बिल भौचरको आधारमा बिल पास गर्ने गरेको उनकाे भनाइ छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *