Press "Enter" to skip to content

शिवगढीलाई पर्यटन क्षेत्र बनाउने : मन्त्री यादव, Nepal News

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले शिवगढीलाई पर्यटन क्षेत्र बनाउने बताएका छन् । शिवगढी ऐतिहासिक किल्ला रहेकाे बताउँदै पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्ने सम्भावना रहेकाे बताए ।

कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर-९ अवस्थित शिवगढीमा आयाेजना गरिएको पाँचाैं महा शिवरात्री पर्व विशेष साँस्कृतिक महाेत्सवकाे समुद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । केहि दिन पहिले मात्र मन्त्रालय कार्यभार समालेका मन्त्री यादवले शिवगढी मन्दिर धार्मिक पर्यटकीय स्थल रहेकाे दावी गरे ।

पर्यटकले रुचाएकाे शिवगढी रहेकाेले यसलाई प्राथमिकता दिएर अगाडि बढ्ने समेत उनले बताए । लुम्बिनी प्रदेशकै नमुना स्थान बनाउने दावी गर्दै बजेट विनियोजन गर्ने मन्त्री यादवकाे भनाइ छ । स्थानीयकाे समस्यालाई मध्यनजर गर्दै विकास गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

यसैबीच माओवादी केन्द्र शिवराज नगरका कार्यवाहक अध्यक्ष चिन्ता परियारले शिवगढीलाई पर्यटन प्रवर्द्धनका लागि नगरवासी एक भएर लाग्नुपर्ने बताए । यस क्षेत्रकाे विकासका गर्ने पर्यटकीय सम्भावनाकाे सम्पत्ति रहेकाेले विकास गर्न सबैले हातेमालोकाे जरुरी रहेकाे उनले बताए ।

नेपाल समाजवादी पार्टीका युवा नेता रहिश शाहले शिवरात्रीकाे समयमा मात्रै नभएर अन्य समयमा निगरानी गर्नुपर्नेमा जाेडदिए । विगतका दिन जस्तै केवलकार चलाउने जस्ता ठूला सपना देखाएर आशवासन मात्रै दिना नहुने उनकाे भनाइ छ ।

विक्रम केसीले शिवगढी क्षेत्रलाई पर्यटन प्रवर्द्धनसँगै शिक्षामा समेत जाेड दिनुपर्ने आग्रह गरे । शिवगढी सनराइज स्टार युवा क्लबकाे आयाेजनामा भएकाे साँस्कृतिक कार्यक्रम यहि फागुन ६ गतेसम्म सञ्चालन गरिने आयाेजकले जनाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *