Press "Enter" to skip to content

सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन, The Horizon Times, News of Nepal

सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्ती समारोह बुधबार भुमहीमा सम्पन्न भएको छ । सस्थाको अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य बस्नेतले सहकारीले गर्नुपर्ने नयाकामको खोज गर्दै यस सहकारीले आफनो परिचय सहित समाजमा छुटटै पहिचान सहितको सहकारी बनाउन सफल होस भन्दै शुभकामना दिनु भएको छ । उहाले सिद्धार्थ बहुउदेश्यीय सहकारीबाट नै अब नमुना कामको सुरुवात गर्नुपर्ने जोड दिनु भयो ।

उहाले परिर्वतन आफैबाट गर्नुपर्ने बताउदै परिर्वतन हुन नसकेको खण्डमा समाज पनि परिर्वतन हुन नसक्ने दाबी गर्नु भयो । उहाले यस सहकारीले स्थानिय बिद्यालयहरु संग सहकार्य गर्दै अब दक्ष जनशक्ति उत्पादनतिर लाग्नुपर्ने बताउनु भयो ।

यस्तै गरी संस्थाका अध्यक्ष यमलाल पाण्डेयले स्वर्गीय नित्यानन्द पोखरेलको नेतृत्वमा २०५४ साल माघ १८ गने स्थापना भएको दिनलाई आधार मानेर रजतजयन्ती महोत्सव मनाएको बताउनु भएको छ । उहाले हरेक बर्ष माघ १८ गने संस्थाको स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ मनाउदै आएको बताउनु भएको छ ।

उहाले यस सहकारीले रजतजयन्ती मनाइरदा माघ १६, १७ र १८ गते बिशेष कार्यक्रम गरी यो कार्यक्रमलाई अगाडी बढाउदै लगेको बताउनु भयो । उहाले माघ १६ गते यस सहकारी संग आबद्ध पाच सय शेयर सदस्यहरुलाई सहकारी शिक्षा शिविरको माध्यमबाट सहकारिताको अभियानलाई उजागर गर्ने र प्रशिक्षित गर्ने काम भब्यरुपमा सम्पन्न गरेको बताउनु भयो ।

यस्तै गरी माघ १७ गते आर्थिक बिकासमा सहकारीताको भुमिका बिषयक माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता र यस सहकारीमा आबद्ध रहेका महिला सशक्तिकरण उपसमिती संयोजक उषा बन्जाडेको नेतृत्वमा बिभिन्न टोलका संयोजक सहित ३ जना महिला प्रतिनिधीहरुलाई महिला नेतृत्व बिकास तालिम प्रदान गरेको जानकारी दिनु भएको छ ।


दुई हजार ३७ जना शेयर सदस्यको रहेको यस सहकारीमा शेयर पुजी ४ करोड ५० लाख, जर्गेडा कोषमा २ करोड ,७२ लाख रुपैया रहेको अध्यक्ष पाण्डेयले जानकारी दिनु भयो । यस सहकारी संस्था बिगत समय देखि नै सबल रुपमा नै अगाडी बढेकोले यसका हरेक आर्थिक कारोबार पारर्दशी र बलियो रहेकोले यो सहकारी राम्रो अवस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष जयराम बस्यालको स्वागत मन्त्ब्य रहेको कार्यक्रममा लुम्बिनी सुनवल साकोसका अध्यक्ष लेखनाथ खरेल , नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी ,सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष पेउ नारायण न्यौपाने ,संस्थाका निबर्तमान अध्यक्ष टंक प्रसाद न्यौपाने , सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कमल प्रसाद च्वाइ , नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रामबहादुर क्षेत्री ,जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Siddhartha Multipurpose Cooperative


उदघाटन , सम्मान , पुरस्कार तथा सास्कृतिक कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष स्व नित्यानन्द पोखरेल सहित तीन जनालाई मरणोपरान्त सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीको स्थापनाकालदेखि हालसम्मका सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स्थापनाकालदेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी, लोकदोहोरी गायिका रमिला न्यौपाने, प्रसिद्ध डान्सर अभिषेक खडका लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।भने कार्यक्रमको संचालन रमेश पराजुलीले गर्नु भएको थियो ।

डोल्मा

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *