मानिस जन्मदेखि मृत्यु सम्म अनेकौं अनुभव लिएकाे हुन्छ । अनुभवले जाे कसैलाई जीवनयापनकाे मार्ग निर्देशन गर्ने गर्दछ । असल मार्ग निर्देशन हरेक मानव जीवनकाे लागि अपरिहार्य छ । फरक धार फरक विचार भएका जुनसुकै व्यक्तिले अनुभव लिएकाे हुन्छ तर फरक यति हाे कसैलाई धेरै हुन्छ त कसैलाई थाेरै । जसले मानव जातिकाे जीवन शैलीमा फरकपन ल्याउनुका साथै परिवेश लाभदायक वा प्रेरणादायिक बन्न मद्दत पुग्छ ।
मान्छे सजीव प्राणी मध्ये एक नितान्त चेतनशील प्राणी अन्तर्गत पर्दछ । जसले मानव जीवनमा नाैलाे कुराकाे अनुभव लिन उत्तिकै उत्सुकता जनाउँछ । सबेरै उठेदेखि नै आ-आफ्नाे दैनिकी क्रियाकलापमा व्यस्त हुन्छ । कार्य बेस्तताले एकले अर्का आफ्न नजिकका छिमेकीलाई समेत चिन्न सक्ने अवस्थामा छैन अहिले । समय परिस्थिति अनुसार मानिस वा समाज परिवर्तन हुनु स्वाभाविक नै हाे । मानव जाति आफ्नाे दैनिकी वा जीवन चक्र चलायमान गराउन व्यवसायिक पेशा गर्नु अति उत्तम मानिन्छ ।
नेपालमा राेजगारी छैन् भन्दै प्रायः युवा खाडी मुलुक जाने याेजना बनाउँछन् । तर गरे नेपालमै हुन्छ भन्ने कसैलाई लाग्दैन । विदेशमा बगाउने पसिना आफ्नै माटाेमा बगाउने विरलै युवा भेट्टिन्छन् । लामाे समयदेखि विदेश हुँदै स्वादेशमा समेत अरुले दिएकाे पीडा पन्छाएर आफ्नै व्यवसाय गरेर सफल भएका उदाहरण यहि नीर पाइन्छ । विगत केही वर्ष पहिले आफ्नै व्यवसाय गर्ने भन्दै कपिलवस्तुका २९ वर्षिय युवा सन्जय थारुले संग्रिला विकास बैंकबाट २५ लाख ऋण लिए । २०७६ जेठमा जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा प्रतिक्षा अटाे ग्यारेजकाे नाममा उनले पसल सञ्चालन गरे ।
बुद्धभुमी नगरपालिका-४, गेलवार घर भएका उनी ४ वर्ष भारतमा गएर एक ग्यारेजमा कार बनाउन सिके । त्यहाँबाट तितामिठा अनुभवसँगै केही गाेजी खर्च लिएर घर फर्किए उनी । मात्र केही समय घरमा बसे त्यसपछि लगत्तै थारु बुटवलमा पुनः ग्यारेजमै कार बनाउने कामकाे थाल्नी गरे । उनी करिब ५ बर्ष बुटवलमा रहेकाे कपिलवस्तु अटाे लाइन्समा कार्यरत रहि चार पाङ्ग्रे सानाे गाडीको इन्जिन बनाउन पाेक्त नभए पनि अनुभवले धेरै नै खारिँदै गएका थिए ।
साेही क्रममा तिनलाई घर व्यवहारले च्याप्दैँ थियाे । घरमा पारिवारिक समस्या बढनुकाे साथै जिम्मेवारी बढ्दै गएपछि २०७० सालमा छिमेकी गाउँ चङघाट घर भएकी पिंकी थारुसँग आमा बुवाकाे सहमतिमा वैवाहिक बन्धनमा बाँधिए सन्जय । विवाह पश्चात् लगत्तै जितपुर चार नम्बर अवस्थित उत्तम अटाे वर्कशपमा करिब ३ बर्ष जति काम गरे । २०७३ सालमा फेरि चन्द्राैटाकाे बन्कट्टीमा रहेकाे अभी अटाे भिलेजमा लगभग डेढ वर्ष कार्यरत भए उनी । यत्तिको स्थानमा काम गर्दा एकदमै कष्टकर जीवन नबिताए हाेलान् भन्ने त कल्पना नै रहेन ।
उनले रातदिन अरुका अधिनमा रहेर काम गरेकाे अनुभव सुनाउँदै अहिले आफ्नै ग्यारेज सञ्चालन गरेर आफै मालिक भएर काम गर्नुकाे आन्नद बैग्लै भएकाे ग्यारेज सञ्चालक थारु बताउँछन् । उनी हाल चार पाङ्ग्रे गाडी मध्ये कार मात्रै बनाउने गर्छन् । हाल सन्जयसँग उनका ग्यारेजमा ७ जना कामदार छन् । महंगो गाडीमा खुट्टामा धुलाे समेत नलाग्ने उच्च लवाइ खवाई भएका नागरिकलाई सेवा गरेर निश्चित रकम पाउँछन् । शायद आफूले साढे तेह्र बर्ष सम्म लगनशील नभएकाे भए यहाँको स्थितिमा पुग्न सक्थेन्न । यसबाट अरुले पनि पाठ सिकन जरुरी छ भन्ने दर्शाउँछ । आफूलाई जुन क्रियाकलाप भित्री आत्माबाट मन पर्छ त्यसलाई निरन्तरता दिँदा पक्कै पनि सफलता मिल्छ ।
थारु भन्छन् : “धेरै दु:ख गरेर सीप सिकेँ अहिले मसँग सात जना कामदार छन्, अरुकाे काम गर्नु र आफै मालिक भएर काम गर्नुकाे अनुभुती नै बेग्लै छ । अब बिस्तारै बढाउने साेेंचमा छु ।” उनका दुई सन्तान सहित घरमा ११ जना परिवार छन् । घरपाइ मिलेकाे छ । परिवारसँग बसेर पेशा गरेकाे देख्दा कति मानिसले तारिफ समेत गरिरहेका हुन्छन् । नगर्नु पनि कसरी ? अझै व्यवस्थित गरि स्थानीय युवाहरुलाई राेजगारी दिने याेजना रहेकाे बताउँदै मासिक करिब साढे तीन लाख रुपैयाँ आम्दानी हुने गरेकाे उनले बताए । आफूलाई साे पेशा गर्न घर परिवारले एकदमै राम्राे सहयाेग गर्दै आएकाे जनाउँदै उक्त पेशा र आम्दानीले घरपरिवार लगायत दैनिकी काराेबार गर्न सहज हुनुकाे साथै सन्तुष्ट भएकाे समेत सञ्चालक थारुले जनाए ।
Ram Abatar Chauhdary
Be First to Comment