Press "Enter" to skip to content

कृषकहरूलाई बजार र विकास सम्बन्धी तालिम , News of Nepal

मिलीजुली कृषक समूहका सदस्यहरूलाई बजार विश्लेषण र विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा राष्ट्रिय दलित नेटवर्कको सहयोगमा दियालो नेपालको समन्वयमा एक हप्ता सम्म उक्त तालिम प्रदान गरिएको आयाेजकले जनाएकाे छ ।

शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डेले शुक्रबार समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै तालिमले कृषकहरूलाई थप ऊर्जा दिएको बताए । किसानलाई उत्पादन वृद्धि र बजारको विषयमा ज्ञान नहुँदा समस्या भएकोले अब केही सहज हुने उनले जनाए ।

कार्यक्रम दलित निगरानी समितिका अध्यक्ष मिना परियारले कृषि पेशालाई व्यावसायिक बनाई आम्दानीमा जोड दिनुपर्ने बताईन् । ज्ञान नहुँदा समस्या भएका किसानको माग अनुसार उक्त तालिम प्राप्त भएकोले आगामी दिनमा पनि कृषकहरूलाई यस्ता तालिमहरू दिनुपर्ने उनले जनाइन् ।

३१ जना सहभागी रहेको उक्त तालिममा मुख्य माछा उत्पादन यसको बजारीकरण लगायतको विषयमा प्रशिक्षण दिइएको बताइएको छ । उक्त तालिममा उपयाेगी धेरै कुरा सिकाएको र यसलाई व्यवहारमा उतार्ने सहभागी कृषक राजमती काेरीले प्रतिबद्धता जनाईन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *