Press "Enter" to skip to content

कोरोनको कहरले यसरी यो परिवार बिचाल्लीमा, News of Nepal

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका एक बालक पछिल्लो समय विषम परिस्थितिमा बेसहारा बन्दै गएका छन् । काेभिड संक्रमित महिलाकाे मृत्युुपछि एक महिने नवजात शिशुलाई ६ महिनासम्म आवश्यक पोषण सहित स्याहारसुसार गर्ने जिम्मेवारी गाउँपालिकाले लिएको थियाे । जिल्लाको गाउँपालिका वडा नं. १, हनुमाननगर निवासी पुन्सिराम चौधरीको १ महिने छोरा गोविन्द चौधरीलाई स्याहारका लागि गत जेठमा नगद रकम हस्तान्तरण गरिएको थियाे ।

अहिले बालककाे ८ महिना चल्दै छ । तर गाउँपालिकाले लिएकाे स्याहारकाे जिम्मेवारी सकिएको दाेस्राे महिनासम्म आइपुग्दा एकदमै कष्टकर जीवन जिउँदै आएकाे पारिवारिक स्राेतले जनाएको छ । घरमा खेतीबारी एकदमै न्यून छ । साझा बिहान छाक तार्न गाह्रो छ । मजदुरी नगरी खान हुँदैन् । नवजात शिशुलाई मृतककी जेठानी सविता थारुले विगत केही महिना देखि रेखदेख गरिरहेकाे थिइन । चाैधरीकाे भाउजु सविता भएर यतिका दिन सम्म बालकलाई स्याहार गर्न मद्दत पुगेकाे थियाे । तर चाैधरीकाे भाउजु आफै सुत्केरी हुँदा झनै समस्या निम्तिएकाे छ ।

मुन्सिराम हाल राेजगारीका लागि छिमेकी देश भारत गएका छन् । उनी त्यहाँ गएर पल्लाेदारीकाे काम गरेर आएकाे पैसाले उनलाई छाेराछाेरी पालन यतिबेला निकै सकस भएकाे छ । बेलाबेलामा उनी घर आउने जाने गर्छन् । बर्षाैँ बर्ष खाडी मुलुकमा कमाएकाे धन सम्पत्ति श्रीमतीले क्षणभरमै चकनाचुर बनाइएपछि मुन्सिराम बिचल्ली परेका छन् । अहिले उनले न त छाेरी पढाउन सकेका छन् न त छाेरा (बालक) स्याहार गर्न सकेका छन् । मुन्सिरामकाे ७ बर्षिय छाेरी सपना थारु पढ्ने लेख्ने उमेरमा बच्चा (भाइ) लाई खेलाएर घर बस्नुपर्ने बाध्य भएकी छन् । आरुसँगैका साथीहरुलाई स्कूल जान लागेकाे देखेर आँखाभरी आँसु आएकाे दिन नै हँदैन् । अनि बालकले समयमा दूध लगायतको पाैष्टिक आहार नपाए हातकाे औंला चुसेर गल्नुका साथै माखा भन्किएकाे अवस्था पाइएकाे छ ।

गाउँपालिका प्रमुख गाेपाल बहादुर थापाले नवजात शिशुकाे स्याहारकाे लागि पालिकाले लिएकाे जिम्मेवारी सकिएकाे बताए । ६ महिने जिम्मेवारी पूरा गरेकाे जिकिर गर्दै आगामी दिनमा शिशुलाई शिक्षा, स्वास्थ्य लगायतको सम्बन्धित बिषयमा निगरानी गर्ने उनले जनाए ।

यता पुन्सिरामकाे भाउजू सविता थारुले आफ्नै दुधे बालक रहेकाेले अर्काे बच्चा रेखदेख गर्ने नसक्ने बताएकी छन् । गाउँपालिकाले ६ महिना स्याहारकाे जिम्मा लिएपनि ५ महिनामात्र हेरचाह गरेकाे उनले बताइन् । उनले भनिन् : “यतिका दिन सम्म मैले त्याे शिशुलाई रेखदेख गरे अब त मेरै बच्चा छ त्यसैले म सक्दिन” ।

Corona pidit 2

त्यसैगरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वाइपी अधिकारीले आधारभूत सेवा पालिकाले शिशुलाई प्रभावकारी प्रवाह गरेकाे बताए । शिशुलाई चाहिने सदैव अरुले हेर्च गर्नुभन्दा अभिभावकले समेत स्याहारका लागि आवश्यक नगद बुझेकाे उनले जनाए । बच्चालाई गाउँपालिकाले निगरानी गरि थप स्याहारसुसारमा प्राथमिकता रहने बताउँदै हुर्कने वातावरण सहज गर्न जरुरी रहेकाे समेत अधिकारीले बताए ।

मृतक परिवारमा श्रीमान पुन्सिराम चौधरी, १ छोरी र १ छोरा नवजात शिशु गरी ३ जना रहेका छन् । पारिवारिक अवस्था सामान्य र मजदुरी गर्दै आएका छन् । २५ वर्षिया महिलालाई गत जेठ ३ गते एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । त्यहाँबाट जेठ १० गते रिफर गरेर तौलिहवा अस्पतालमा उपचारकै क्रममा २०७८ जेठ १५ गते शनिबार मृत्यु भएको थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *