Press "Enter" to skip to content

६ महिनामा १ हजार बढी बिरामीले लिए नि:शुल्क सेवा, News of Nepal

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित जिल्लाकाे बहादुरगञ्जमा अवस्थित अस्पतालले चालू अ.व. २०७८-०७९ को साउनदेखि पुस महिनासम्म गरेका समग्र गतिविधीहरुको बिहीबार समीक्षा गरिएको आयाेजकले जनाएको छ ।

जस अनुसार अस्पतालले ६ महिनाको अवधिमा ३७ हजार ओपिडी हेर्ने लक्ष्य राखेकोमा २९ हजार ४ सय ५३ अर्थात् ७९.६० प्रतिशत लक्ष्य हासिल गरेको छ । भने शल्यक्रिया तर्फ हातद्धारा गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय गर्ने लक्ष्य राखिएकोमा १ हजार ७ सय ६८ अर्थात् ८०.३६ प्रतिशत लक्ष्य हासिल गरेको छ । यस्तै अत्याधुनिक फेको प्रविधिबाट गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय ५० गर्ने लक्ष्य राखिएकोमा जम्मा १ हजार ३ सय ७९ अर्थात् ६१.२८ प्रतिशत लक्ष्य हासिल गरेको प्रतिबेदनमा उल्लेख छ ।

यसैगरी ओपिडी तथा शल्यक्रिया सेवा लिने तथ्यांकलाई विश्लेषण गर्दा दुबै सेवा लिनेमा पुरुषभन्दा महिला बढी रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ओपिडी सेवा लिनेमा महिला ५२ प्रतिशत छन् भने पुरुष ४८ प्रतिशत तथा शल्यक्रिया सेवा लिनेमा महिला ५१ प्रतिशत र पुरुष ४९ प्रतिशत रहेको बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । सोही अवधिमा अस्पतालले १ सय ९२ लाई मेजर तथा माइनर सर्जरी सेवा उपलब्ध गराएको मध्ये १९ जनाले नि:शुल्क सेवा लिएका छन् ।

त्यसैगरी यो ६ महिनाको अवधिमा अस्पतालले बिभिन्न दातृ निकायको सहयोगमा १ हजार ६ सय २६ जना मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरेको छ । अस्पतालले महाराजगंज नगरपालिकामा सम्पन्न गरेको नि:शुल्क आँखा शिविरमा १ सय ९० जना र बिजयनगर गाउँपालिकामा सम्पन्न गरको नि:शुल्क आँखा शिविरमा १ सय १८ गरी जम्मा ३ सय ८ जनालाई मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरेको गरिएको छ । महाराजगंजमा सञ्चालित शिविरलाई “देब एण्ड केरी (डाक) फाउण्डेशन” ले आर्थिक सहयोग उपलब्ध गराएको छ । भने बिजयनरमा संचालित शिविरलाई “तेज कोहली एण्ड रुइत फाउन्डेशन” ले आर्थिक सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

यता अस्पतालमै सेवा लिन आउने बिरामीहरुलाई समेत अस्पतालले नि:शुल्क शल्यक्रियाको सेवा दिने थालेको छ ।
जस अनुसार ६ महिनाको अवधिमा मात्र १ हजार ३ सय १८ जना मोतिबिन्दुको अस्पतालमै नि:शुल्क शल्यक्रिया गरिएको छ । जसमध्ये नर्बे देशको दातृ निकाय “आई केयर फाउन्डेशन” को सहयोगमा ३ सय ८३ जना मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । भने अर्को दातृ निकाय “तेज कोहली एण्ड रुइत फाउन्डेशन” को सहयोगमा ९ सय ३५ जना मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ । पैसाको अभावले कुनै पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने हेतुले अस्पतालले यस्तो निती लिएको अस्पताल प्रमुख जसराज विश्वकर्माले जानकारी दिए ।

प्रमुख विश्वकर्माका अनुसार बाह्य कार्यक्रम अन्तर्गत बिजयनगर गाउँपालिका २ र बुद्धभुमी नगरपालिकामा २ गरी ४ वटा विद्यालयमा विद्यालय आँखा जाँच कार्यक्रम गरिएको छ । त्यसैगरी बुद्धभुमी नगरपालिकाका आमा समूहका १८ जना, शिक्षक २८ जना, धामीझाँक्री ९ जना तथा बिजयनगर गाउँपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ ।

यस समयावधि भित्रै अस्पतालले कपिलवस्तुको गोरुसिङ्गेमा २२ जना पत्रकारहरुको लागि समेत एकदिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरेको थियो ।
समीक्षा कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित ३ वटा आँखा अस्पताल र उपचार केन्द्रहरुले सन् २०२१ मा हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराइएकाे छ ।

त्यसैगरी अर्धबार्षिक समीक्षा कार्यक्रममा अस्पतालका लेखापाल जेनिशा थापाले अस्पतालको आम्दानी तथा खर्चको बारेमा प्रष्ट पारेकी थिइन् । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चिफ मेडिक डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, नेत्र बिषेशज्ञ डा. आरती काराखेती,डा.शिलु थापा, सूचना अधिकारी बालाराम खड्का लगायतले कार्यक्रम सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *