Press "Enter" to skip to content

हाेल्डिङ सेन्टर निर्माणाधीन हुँदा काेभिड संक्रमितलाई समस्या , News of Nepal

विश्वभर काेभिडकाे तेस्राे लहर बढ्दै गर्दा भारत लागयतका नेपालकाे विभिन्न स्थानमा विगत झै लकडाउनकाे अवस्था नआउला भन्न सकिँदैन । राेजगारीका लागि छिमेकी देश भारत गएका नेपालीहरुकाे स्वदेश फर्किने क्रम जारी छ । जिल्लाकै ठूलाे नाका रहेकाे कृष्णनगरमा काेभिड संक्रमित भएका नागरिकलाई व्यवस्थापनमा समस्या भएकाे छ । कृष्णनगरमा हाेल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेकाेले नागरिकहरूलाई समस्या भएकाे छ ।

यसरी कृष्णनगर नाका हुँदै स्वादेश प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन दोब्बरले वृद्धि हुँदै गएकाे छ । नेपाल प्रवेश गर्नेहरुको कोरोना परिक्षणलाई हेल्पडेस्कले निरन्तरता दिइएकाे जनाइएको छ ।

सोमबार साँझ सम्म १५७ जनालाई चेक गर्दा २७ जना काेराेना पोजेटिभ भेटिएको स्वास्थ्य कर्मचारी पंकज गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार पोजेटिभ भेटिएको मानिसलाई होम आइसुलेशन बस्न सुझाव दिई घर पठाईएको छ । कोरोनाका कारण दैनिक जसो नेपालीहरु स्वेदश फर्कन थालेपछि नेपालका होटल व्यवासायीलाई नागरिकहरुबाट चर्काे मुल्यसमेत लिने गरेको गुनासो आएको छन् । कृष्णनगर आसपासका होटल व्यवसायीले मौकाको फाईदा उठाउँदै पहिलेको तुलनामा दोब्बर रकम लिने गरेको पाइएको छ ।

Omicron

यता कृष्णनगरमा निर्माणाधीन रहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । नेपाली सेनाबाट निर्माण भएको होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणमा भारतबाट प्रवेश गर्नेहरुलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका-१, शिवानगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुस महिनाभित्र सञ्चालनमा आउने तयारी भएकाे निर्माण कम्पनीले जनाएको छ ।

भन्सार नाका नजिक ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । गत असार ३ गतेबाट शुरु गरिएको निर्माणको काम ५ महिनाभित्र निर्माण कार्य सकिने भनिए तापनि वर्षातका कारणले केही ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

अबको केही दिनमा निर्माण कार्य सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्न सकिने कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाहले जानकारी दिए । होल्डिङ सेन्टर निर्माणको लागि रु. २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँमा श्री हनुमान कन्ट्रक्शन ललितपुरले जिम्मा पाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *