Press "Enter" to skip to content

समयथान क्याम्पसमा प्याड हस्तान्तरण, News of Nepal

कपिलवस्तुकाे समयथान बहुमुखी क्याम्पसमा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. ४ खरेन्द्रपुरमा रहेको क्याम्पसमा बुधबार सेनेटरी प्याड हस्तान्तरण गरिएको आयाेजकले जनाएको छ ।

अनेरस्वियू समयथान क्याम्पस कमिटीको मागको आधारमा शिवराज नगरपालिकाको सहयोग शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुको पहलमा क्याम्पसमा अध्यनरत छात्राहरुका लागि ३ सय ६० थान सेनेटरी प्याड वितरण गरिएको कमिटी अध्यक्ष केशव गैरेले जानकारी दिए ।

प्याड हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थारुले महामारीमा छात्रा विद्यार्थीहरुकाे समस्यालाई मध्यनजर गर्दै प्याड हस्तान्तरण गरिएकाे बताइन् । महिनावारीले गर्दा छात्राहरुको अध्ययनमा समस्या नहोस भन्ने उदेश्यले सेनेटरी प्याड वितरण गरिएको बताइन् । विद्यालयमा विद्यार्थीहरुलाई हुने विभिन्न समस्या समाधानका लागि क्यापस कमिटीले महत्वपूर्ण भुमिका खेल्ने उपप्रमुख थारुले जनाइन् ।

हस्तान्तरण गरिएको प्याड सहज रुपमा प्राप्त गर्नका लागि संगिता गुप्ताको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । केही अगाडी शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखी क्यामपसमा समेत प्याड वितरण गरिएको थियो ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *