Press "Enter" to skip to content

नेपालकाे हाटबजारमा भारतीय, News of Nepal

कपिलवस्तुको भारतसँग सिमाना जाेडिएकाे विजयनगर गाउँपालिका-१ अवस्थित नेवलागञ्ज हाट बजारको उद्घाटन गरिएको छ । विजयनगरको एकदमै विगट क्षेत्रमा पर्ने नेवलगञ्ज हाट बजारको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा मंगलबार उद्घाटन गरिएकाे छ ।

उद्घघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडाभित्र मुख्य सेन्टरमा पर्ने भएकोले चौतर्फी रुपमा किसानलाई व्यापार- व्यवसाय गर्न सहज हुने गुणस्तरीय खाद्यवस्तु स्थानीयले प्राप्त गर्न सकिने बताए । बजारमा स्थानीयहरुले घरमै उत्पादन गरि बजारीकरण गर्न सहज हुने अध्यक्ष थापाले बताए ।

स्थानीय अगुवा तथा समाजसेवी दिलिप थारुले नेवलागन्ज हाटबजार लागेको समयदेखि नै यस क्षेत्रका स्थानीयहरुलाई बजार गर्न सहज भएको बताए । अहिले बजारमा ८० वटा स्टल, खानेपानीको व्यवस्था समेत रहेकाे समाजसेवी कृपाल चौधरीले बताए । यसैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र नेकपा एमाले नेता मंगल प्रसाद गुप्ता लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

स्थानीय स्तरमा बजार उद्घघाटन भएपछि नेवलागञ्ज हाट बजारको कारणले जवाबैराठ, नौडिहवा, गोबरहवा र भारतका अन्य गाउँ लगायतका स्थानीयहरुलाई बजार गर्न सहज भएको छ । वडावासीले अति आवश्यक बिहान, बेलुका खाने नुन, तेल, तरकारी लगायतका सामग्री खरिद गर्न १५ किलाेमिटर पर्ने चन्द्रौटा र ३० किलाेमिटर पर्ने छिमेकी मुलुक भारतकाे बढनी बजार, पचपेडवा जाने बाध्यता हटेकाे छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *