Press "Enter" to skip to content

दिल कुमारी सुनार बाट प्रेरणा लिने पो हो की ! Nepal News

दिल कुमारी सुनार शारीरिक अशक्त भएकी एक शिक्षिका हुन् । सुनार कपिलवस्तुकाे विजयनगर गाउँपालिका वडा नम्बर-१, मधुनगरमा रहेकाे मधुनगर बाल विकास केन्द्रमा अध्यापन गराउने गर्छिन् । करिब ८ बर्षदेखि शिक्षण पेशा अंगालेकाे उनी बताउँछिन् ।

शिक्षिका सुनार एकाबिहानै उठेर घरकाे काम सकाउँछिन । घरदेखि केहि पर रहेकाे बालविकासमा विहान १० नबज्दै विद्यालय पुगी कक्षा कोठा सरसफाइ समेत आफै गर्ने गरेकी उनी बताउँछिन् । दिउसाेभरि विद्यार्थीसँगै रमाएकी उनी साँझ घर पुगी घरमा भएका बाख्रालाई समेत हेरचाह गर्दै आएकाे सुनारले जनाइन् । विद्यालयमा बालबालिकालाई अध्ययनसँगसँगै नाचगान समेत सिकाउने गरेकी छन् ।

शारीरिक अशक्त भएर पनि आफूले विद्यार्थीलाई ज्ञान दिन पाएकाेमा हर्ष व्यक्त गर्द‌ै घरपरिवार लगायतले मनाेबल उच्च बनाउन सघाएकाे बताइन् । यस शिक्षण पेशामा स्थानीय सरकारले समेत प्रभावकारी भुमिका निर्वाह गरेकाे उनकाे भनाइ छ । सुनारले भनिन् :”शारीरिक अशक्तकाे मूल्यांकन गरि आत्मनिर्भरताकाे बाटाे खुलेकाे छ ।”

बाल विकास केन्द्रमा हाल २५ विद्यार्थी रहेकाे जनाउँदै स्थानीय ४ गाउँका बालबालिका आउने गरेकाे सुनारले बताइन् । खेलकुद, अध्ययन सामग्री लगायत पुस्तकालय पालिकाले उपलब्ध गराएको उनले सुनाइन् ।

इन्द्रेणी ग्रामिण विकास केन्द्रले गरेकाे सहयाेगकाे सुनारे जानकारी दिइन् । जसले थप आर्थिक रुपमा समृद्ध बनाउन बाख्रा पालनकाे लागि गरेकाे सहयाेगले घरमा बाख्रा पालन गरेकाे उनले बताइन् । फुर्सदको समय बाख्रालाई समेत हेरचाह गर्ने गरेकाे सुनाइन् ।

श्रीमानकाे शारीरिक अवस्था पनि अशक्त रहेकाे बताउँदै सम्बन्धित निकायले अत्यन्तै राम्रो समन्वयकारी भूमिका खेलेकाे शिक्षिका सुनारले जिकिर गरिन् । जसले ६ जना छाेराछाेरीलाई पालनपोषण गर्न टेवा पुगेकाे जनाइन् ।

दिलकुमारी एउटा उदाहरण मात्र रहेकाे बताउँदै यस्ता अशक्त आम नागरिकले काम गरेर सम्मानपूर्वक बाच्न अरुले समेत सिक्नुपर्ने स्थानीय शम्भु वि.क.ले बताए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *