Press "Enter" to skip to content

Dragon Fruit Farming Nepal, बाबुरामकाे खेती बन्याे सिकाइकाे थलाे, Nepal News

काेराेना भाइरस महामारी (काेभिड) काे बेला लकडाउन भयाे । आम मानिस राेजगारी गुमाइरहेका थिए । अधिकांश युवा वैदेशिक राेजगारीका लागि भाैतारिए । उद्योगधन्दा, कम्पनी बन्द हुने अवस्था आइसकेपछि विदेशमा भएका श्रमिक स्वदेश फर्किन बाध्य भए । त्यस महामारीको चपेटामा परेर केही युवा ज्यान समेत गुमाउन पुगे ।

त्यही बखत कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर-३, बसन्तपुरका बाबुराम चाैधरी खाली समयकाे सदुपयोग गर्दै युटुव हेरेर बस्ने गर्थे । युटुवकाे सहायताले ड्राइगन खेती गर्ने उनी साेंच बनाए । त्यसबारे प्रयाप्त ज्ञान हाँसिल गर्दै अन्तिम तयारीमा चाैधरी पुगे ।

थप विडियो समाचार

त्यसरी समय लम्बिदैँ जाँदा केही महिनापछि लकडाउनकाे वातावरण अलि सहज भयाे । चाैधरीले बचत गरेर राखेकाे रकम करिब साढे ४ लाख लगानीमा भारतबाट ड्राइगनकाे बेर्ना मगाउने तयारीमा जुटे । साढे ३ कठ्ठा आफ्नै जग्गामा ड्राइगन खेतीकाे सुरुवात गरेकाे चाैधरी बताउँछन् ।

उनले भने :”साे खेती सुरु गरेकाे डेढ वर्ष भएकाे छ । फेरि लगभग डेढ लाख लगानी गरेकाे छु ।” एक पटक याे खेती गरे पछि २० वर्ष सम्म हुने चाैधरीले बताए । अरुले लगानी गरेपछि तत्कालै प्रतिफल खाेज्ने गरेकाे बताउँदै धैर्य गर्नुपर्ने उनकाे भनाइ छ । ६ सय बेर्नाबाट खेतीकाे सुरुवात गरेका चाैधरी अहिले आफै बेर्ना उत्पादन नर्सरी बनाएका छन् ।

लाखौं लगानी गरेर देशमै राेजगारीका अवसर सिर्जना गर्ने साेंच बनाएकाे उनले बताए । घरपरिवारसँग बसेर खेतीमा रमाउन पाउँदा हर्षित भएकाे बताउँदै फल उत्पादनकाे क्रम अब सुरु भएकाे जनाए । डेढ वर्षकाे अन्तरालमा आइपुग्दा बेर्ना मात्रै उत्पादन गर्न सकेको उनले बताए ।

बाबुराम चौधरी

चाैधरीले थपे : “आफूले खरिद गर्दा दुई सय रुपैयाँ प्रति बेर्ना लागत परेकाे थियाे तर मैले एक सयमा बेच्दा समेत हुँदैन यहि बेर्ना बाहिरबाट कृषकले खरिद गर्दा तीन सय रुपैया पर्दा पनि खरिद गरेकाे पाइन्छ । त्यसैले मैले दाङ, राेल्पा, अर्घाखाँची प्युठान लगायत अन्यत्र थाेकमा बेच्ने गरेकाे छु । सन्तुष्टिजनक आम्दानी भएकाे छ ।”

स्थानीय सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा खेतीमा कृषक सरकारी सेवा सुविधाबाट बन्चित हुने गरेकाे चाैधरीले बताए । नाम मात्रको कृषकले कृषि क्षेत्र ओगटेको जिकिर गर्दै सिमितले अवसर पाएकाे गुनासाे गरे ।

आफ्नै लगानीमा तारबार लगायत खेती संरक्षणका निम्ति स्थानीय युवालाई राेजगारीसमेत दिने गरेकाे उनले बताए । यसमा सरकारले किसान लक्षित तालिम, मल खाद, ऋण लगायत सेवा सुविधाको प्रभावकारी रुपमा लागु गर्न सके आम नागरिक आत्मनिर्भर हुनुका साथै सरकारलाई समेत आर्थिक टेवा पुग्ने चाैधरीकाे भनाइ छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from विचारMore posts in विचार »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *