Press "Enter" to skip to content

ऐतिहासिक सोनवागढ र सुपा मन्दिरको विकासको लागि स्थलगत अवलोकन, News of Nepal

Nepal: नेपाल एक प्राकृतिक तथा साँस्कृतिक सम्पदाको हिसाबले निकै धनी हुनुका साथै रमणीय दृश्य भएकाे देश मानिन्छ । साेही अवस्थालाई नियाल्न विदेशी तथा स्वादेशी पर्यटक एक स्थानबाट अर्काे स्थानमा पुग्ने गरेकाे पाईन्छ । जसले गर्दा स्थानीय आम नागरिकलाई राेजगारी एवम् आर्थिक आर्जनकाे वातावरण बनेकाे हुन्छ ।

पर्यटक आकर्षक गर्न देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल समेत टेवा पुर्‍याएकाे हुन्छ । त्यसमध्ये देश देखि विदेश सम्म एकदमै चर्चामा चुलिएकाे नेपालकाे शिर उच्च बनाएकाे वा सबैकाे गन्तव्य बनेकाे छ लुम्बिनी । तर पछिल्लो समय काेभिडले गर्दा देशकाे परिस्थिति जटिल बनेकाे थियाे । हाल क्रमशः सहज हुँदै गएकाे छ । यस्तै लुम्बिनीसँग जाेडिएकाे कपिलवस्तुकाे साेनवागढ पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ ।

साेनवागढ पुग्न पूर्व पश्चिम राजमार्ग देखि ३ वटा खाेला तरेर जानुपर्छ । स्थानीय सरकार आए देखि केही बर्ष यता एउटा खाेलामा पक्की पुल र दुईवटा खाेलामा झाेलुङ्गे पुल निर्माण भएकाे छ । पुल निर्माण हँदा थारु बाहुल्य भएकाे भितरिया गाउँसँगै मन्दिर पुग्न एकदमै सहज भएकाे स्थानीय सुरेश चाैधरी थारुले बताए । करिब ८२ घरधुरी भएकाे भितरिया गाउँमा पछिल्लो समय विकासमा फड्को मारेकाे देखिन्छ । पुस्ताैँ पुस्ता देखि साेनवागढ मन्दिरलाई भितरियावासीले संरक्षण र प्रबर्द्धन गर्दै आएकाे स्थानीय तथा मन्दिरमा ३ बर्ष जति हेरचाह गर्ने पुजारी बसेका प्रेम बहादुर थारुले बताए । तर विगत १ बर्ष देखि स्थानीय गाउँका १४ वटा ग्रुप बनाइ प्रत्येक दिन साेनवागढ हेरदेखका लागि १ ग्रुप खतिएर मन्दिर परिसर सरसफाइ गर्दै आइरहेको व्यवस्थापन समितिले जनाएकाे छ ।

साेनवागढ मन्दिर परिसरमा विक्रम सम्बत् २०७५ सालमा पुरातत्त्व विभागले उत्खनन गर्दा करिब १३ सय बर्ष पुराना ऐतिहासिक संरचना फेला परेकाे थियाे । उत्खनन गर्दा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु फेला परेको र सातौ देखी नवौ शताब्दीका भंग्नावशेषाहरु फेला परेका थिए । घना जंगल वा दुई खाेलाकाे बीचमा रहेकाे साेनवाढमा राजाले लुकाएको राखेका मान्यता र विश्वास अनुसार मन्दिरकाे नाम साेनवागढ राखिएको जानकारहरु बताउँछन् । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य, पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे लगायतको टोली साेनवागढ र सुपादेउराली विकासका स्थलगत अवलोकन गरेकाे छ ।

जिल्लाको शिवराज नगरपालिका-३ स्थित सोनवागढ र सुपा मन्दिरको विकासको लागि प्रदेश पर्यटन डिभिजन कार्यालयको टोलीद्वारा शनिबार स्थलगत अवलोकन गरिएकाे छ । प्रदेश सरकार मार्फत पर्यटन पुर्वधार विकास अन्तर्गत सोनवागढको लागि २५ लाख र सुपा मन्दिर क्षेत्रको लागि २० लाख विनियोजित बजेटले विकासमा के कस्ता काम गर्न सकिन्छ भनि टोलीले अवलोकन गरेको लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे जानकारी दिए ।

अवलोकन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सोनवागढ तथा सुपा मन्दिर धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए । विगतका वर्ष सोनवागढलाई उत्खनन गर्दा ऐतिहासिक स्थल रहेको प्रमाणित भइसकेको उनले जनाए । सुपा मन्दिरमा अहिले पनि भक्तजन तथा वनभोज गर्न आउनेहरूको संख्या बढी रहेको व्यवस्थापन स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । एकान्त ठाउँ रहेको र धार्मिक आस्थाको रूपमा रहेकोले यस ठाउँलाई संरक्षण गर्न सकेमा पर्यटन विकासमा टेवा पुग्ने सदस्य केसीले जनाए ।

वडामा रहेका दुई वटै धार्मिक ऐतिहासिक क्षेत्रको विकासमा जोड दिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । सोनवागढ पुग्ने सडक विकासमा वडा तथा नगरले यसै वर्ष स्तर उन्नति गर्ने र सहज रूपमा आवतजावतको व्यवस्था गरिने सापकोटाले प्रतिबद्धता जाहेर गरे । प्रदेशले विनियोजन गरेको बजेटबाट सोनवागढमा शौचालय सहित ट्रस निर्माण गर्ने र सुपा मन्दिरमा परिसरमा नयाँ मन्दिर निर्माण गरिने वडाध्यक्ष सापकोटाले बताए । अहिले रहेको मन्दिर सडकमा पर्ने भएको मन्दिर क्षेत्र भित्र स्थापना गरिने उनले जनाए ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे, लेखा अधिकृत मुक्ति भट्टराई, इन्जिनियर रोशन ताम्राकार र शिवराज नगरपालिका वडा नं.३, का वडाध्यक्ष टेकलाल सापकोटा, यमलाल भुसाल, सोनवगढ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्जु थारुले लगायतको टोलीद्वारा ऐतिहासिक पर्यटकीय स्थलको अवलोकलन गरिएकाे मन्दिर व्यवस्थापन समितले जनाएकाे छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *