Press "Enter" to skip to content

रक्तदान के का लागी? News of Nepal

कपिलवस्तुको शिवराज-५, चन्द्राैटामा विजया दशमीको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेकाे क्लबका अध्यक्ष शिशिर पाख्रेलले जनाए ।

रक्तदान कार्यक्रममा शिवराज नगरपालिकाकी नगर उप-प्रमुख शिवकुमारी थारुले कोरोना महामारी लगायत अन्य रोगका बिरामी बढेर रगतको अभाव भएको समयमा क्लवको कार्य प्रशंसा गरिन् । सामाजिक क्षेत्रका काम गर्न सबैलाई आग्रह समेत गर्दै छिमेकि पालिका कृष्णनगरमा झाडापखालाको महामारी फैलिएको भन्दै सबैलाई सतर्कता अपनाउनुपर्ने उनले थारुले बताइन् ।

blood donation 2

कोभिड संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगत संकलनका नियमित कार्यक्रम नभएकै कारण कोहि कसैलाइ रगत अभाव नहोस् भन्दै दशैँको पुर्व सन्ध्यामा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष पोख्रेलले बताए ।

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजना, रक्त सञ्चार केन्द्र भैरहवाकोे प्राविधिक सहयोग, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाको सहआयोजनामा भएको रक्तदान कार्यक्रममा उल्लेख्निय रक्त दाताको सहभागिता रहेको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका संयोजक गोपाल बन्जाडेले जानकारी दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *