Press "Enter" to skip to content

जनपत्रकारकाे दाेस्राे भेला सम्पन्न, नयाँ नेतृत्वमा थारु चयन, News of Nepal

जनपत्रकार संगठन नेपाल कपिलवस्तुकाे दाेस्राे जिल्ला भेला सम्पन्न भएकाे छ । शनिबार गाेरुसिंगेमा सम्पन्न भेलाले अनिल थारुकाे अध्यक्षतामा १५ कार्य समिति गठन गरिएको छ । जसकोे सचिवमा इमान सुनार र कोषाध्यक्षमा सुस्मिता भट्टराई चयन भएकाे छन् । पछि थप सदस्य मनाेनयन गर्ने गरि ४ पद रिक्त रहेकाे नवगठित समितिले जनाएकाे छ ।

यसैबीच भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज पदम केसी (जुझारू) ले कार्यक्रमलाई सम्बाेधन गर्दै पत्रकारिता क्षेत्र समाज फेर्ने ऐना रहेकाे बताए । पछिल्लो युवा पुस्ताले संचार जगतमा हातेमालो गरेर समाज रुपान्तरणमा याेगदान गरि आफू मात्रै नभएर आम नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरि पत्रकारिताकाे धर्म निर्वाह गर्न जरुरी रहेकाे केसीले प्रष्ट पारे ।

समाजमा घटेका घटनाको यथार्थ चित्रण गरेर समाज रूपान्तरणमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । जुझारुले जनपक्षीय पत्रकारिताको यात्रा व्यावसायिक पत्रकारिता भन्दा फरक र चुनौतीपूर्ण रहेको बताए । जुझारूले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणका लागि जनमत निर्माण गर्दै मिसन पत्रकारिता गर्न उनले आग्रह गरे । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य दाना केसी र अनिल नेपालीले पत्रकारिता समाज रूपान्तरणको माध्यम भएकाले सबैले खोजमुलक र जनपत्रकारिता गनुपर्नेमा जोड दिए ।

उक्त भेला कार्यक्रममा अखिल (क्रान्तिकारी) का कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु राउत तथा जनपत्रकार संगठन नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष अयान विकले शुभकामना तथा मन्तव्य व्यक्त गरे । जनपत्रकारकाे अध्यक्षमा चयन भएका अनिल थारु थारु पत्रकार संघ नेपाल कपिलवस्तु जिल्लाकाे सदस्य समेत रहेका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *