पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा (Sarawal Rural Municipality)फलफूलकाे विरुवा वितरण गरिने कार्यक्रम सुरु भएको छ । पालिका भित्रका किसानहरुलाई ५०% अनुदानमा फलफूलकाे बिरुवा वितरण कार्यक्रम अाज देखि सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल लगाएतकाे उपस्थितिमा पालिका भित्रका किसानहरुलाई फलफूलकाे बिरुवा वितरण कार्यक्रम सुरु गरिएको छ ।
मानवजिवनमा शुद्धअाक्सिजन र फलफूलकाे अावश्यक्ता परिरहेको बताउदै युक्त अावश्यक्ता परिपुर्ति गर्न र शुद्ध अाक्सिजन तथा फलफुल खान समेत सहयोग मिलाेस भनेर फलफूलकाे विरुवा वितरण गरिएको अध्यक्ष चाैधरिले बताए ।
साथै उहाँले किसानहरुलाई सधै साथ सहयोग गर्ने बताउनुभएको हाे ।
साेनकाग्दि १३०० सय , अाप १५०० सय , लिच्चि १००० सय ,कटहर १००० हजार बराबरकाे करिब ४ लाखकाे
सुनकाग्दि ,कटहर ,लिच्चि र अापका फलफूलकाे विरुवा वितरण गरिने कृषि शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिए ।
रमाकान्ति चौधरी
Be First to Comment