केही दिनदेखि तराईमा शीतलहर शुरु भएसँगै चिसोले जनजीवन प्रभावित हुन थालेकाे छ । चिसाेलाई मध्यनजर गर्दै जिल्लाको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले आगो ताप्नका लागि स्थानीयवासीलाई नि:शुल्क दाउरा वितरण शुरु गरेको छ ।
शीतलहरसँगै चिसोको प्रभाव बढेपछि कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले कपिलवस्तुको महाराजगंज बजार, गैडहवा चोक, चन्द्रौटाको समिति चोक, खरेन्द्रपुर, थुन्हिया, मानपुर, चनई बडेगाव सहितका स्थानमा दाउरा वितरण गरिएकाे साझेदारी वन समितिले जनाएकाे छ ।
कपिलवस्तुका विभिन्न स्थानीय निकाय, वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायतका करिब ३ दर्जनभन्दा बढी स्थानमा दाउरा वितरण गरिएको समितिका अध्यक्ष गंगेश नाथ तिवारीले जानकारी दिए । वितरण गरिएको हरेक स्थानमा २ क्विन्टल भन्दा बढी दाउरा वितरण गर्ने कार्य भइरहेको उनले बताए ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सहायक वन अधिकृत एजाज अन्सारीले वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना बालबालिका लागि आगो ताप्न दाउरा वितरण गरिएकाे बताउँदै बुधबार र बिहीबार विभिन्न चौकमा दाउरा बालेर ताप्नका लागि नि:शुल्क वितरण गरिएको जनाए । गरिब बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको बताउँदै चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि आगो ताप्ने व्यवस्था गर्न आवश्यक स्थानमा दाउरा वितरण कार्य जारी रहेको समेत अधिकृत अन्सारीले जनाए ।
Ram Abatar Chaudhary








Be First to Comment