Press "Enter" to skip to content

कृष्णनगरमा अक्सिजन सहितकाे आइसाेलेशन तयार

चन्द्राैटा(कपिलवस्तु): विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे सबैलाई अवगत नै छ । कहालीलाग्दो परिस्थितिबाट नेपाल लगायत थुप्रै देश पन्छिन सकेकाे छैनन् ।

यसै भयावह स्थितिमा गुज्ररीरहेकाे बेला देशैभरिका हरेक स्थानीय सरकारले स्थानीयबासीकाे स्वास्थ्यलाई मध्यनजर गरि विभिन्न विकल्पको खाेजिमा छन् त कतिपय तहले धमाधाम आइसाेलेशन बनाएर सञ्चालन प्रक्रिया थालेका छन् ।

यसैबीच कपिलवस्तुको कृष्णनगर नगरपालिकाले समेत कृष्णनगर-९, बहादुरगञ्जमा अक्सिजन सहितकाे आइसाेलेशन सेन्टर निर्माण गरेकाे छ । काेभिड संक्रमित नगरबासी लगायत वैदेशिक राेजगारीबाट नेपाल फर्किएका नागरिकलाई उपचारकाे अभाव नहाेस भनि नगरले अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माण गर्ने कदम चालिएकाे नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाेले बहादुरगञ्जकाे राम गाेरखा माविमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताए । आक्सिजन कन्सेन्ट्रेटर, सिलिन्डर र स्वास्थ्यकर्मी लगायतका व्यवस्थापन गरि यसै हप्ता थप १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र भैरहेको शाहले जानकारी दिए ।

आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि भारतीय सिमानाकामा कडाइका साथ स्वास्थ्य जाँच केन्द्र स्थापना गरेको र नेपाल भित्रिने प्रत्येक आम नागरिककाे पीसिआर टेस्ट र एन्टीजेन टेस्ट हुँदै आएकाे उनले बताए ।

नगरबासीको उपचारका लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख शाहले जनाए ।

कृष्णनगर क्षेत्रमा कोभिड संक्रमितको संख्या यकिन गरी अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढेकाे प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्कीले बताए ।

भारतसँग सिमाना जाेडिएकाले संक्रमितकाे संख्या बढ्दै गएकाले सामुदायमा सचेतना मुलक कार्यक्रम सन्चालन गरेको अधिकृत कार्कीले जनाए ।

त्यसैगरी ३८ जना स्थानीय र १९ जना वैदेशिक राेजगारबाट नेपाल फर्किएका गरि जम्मा ५७ जना सक्रिय कोभिड-१९ काेराेना भाइरस संक्रमित रहेकाे कृष्णनगर स्वास्थ्य अधिकृत विष्णु प्रसाद पाैडेलले बताए । संक्रमित सबैको अवस्था सामान्य रहेको अधिकृत पाैडेलले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *