Press "Enter" to skip to content

लायन्स क्लब अफ शिवराजद्वारा राहत वितरण , News of Nepal

लायन्स क्लब अफ शिवराजले कपिलवस्तुको एक विपन्न परिवारलाई राहत वितरण गरेकाे छ । जिल्लाको शिवराज-३, साेनबर्षीमा रहेकाे विपन्न परिवारलाई राहत वितरण गरिएकाे शिवराजले जनाएको छ ।

चाँड पर्वकाे बेला कसैले भाेकाे बस्न नपराेस् भन्ने उद्देश्यले लायन्स क्लबले विपन्न परिवारलाई १ बाेरा चामल, २ किलाे नुन, २ लिटर खाने तेल र २ किलाे दाल शुक्रबार हस्तान्तरण गरिएकाे क्लबका अध्यक्ष कमल पाण्डे बताए । आर्थिक अवस्था कमजाेर रहनुका साथै घरमा कमाउने मान्छे नभएकाेले श्रीमानकाे क्रिया खर्च समेत जुटाउन नसक्ने भएकाले केही मात्रामा भए पनि टेवा पुग्ने उनले जनाए ।

विगत एक महिना देखि भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा कार्तिक ९ गते श्रीमानकाे मृत्यु भएकाे थियाे । ३२ बर्षिय सुघरी केवटकाे जस्तापाताले छाएकाे झुप्राेमा २ वटा सानासाना बच्चा सहित बसाेबास गर्दै आएकी छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *