Press "Enter" to skip to content

सिद्धिकी अटाे टेड्रर्समा आगलागी, News of Nepal

कपिलवस्तुको शिवराज-५, चन्दाैटामा रहेकाे सिद्धिकी अटाे टेड्रर्समा गत राति आगलागी भएकाे छ । बिहीबार राति आगलागी भएकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले जनाएकाे छ ।

टेड्रर्सका सञ्चालक नफिस सिद्धिकीका अनुसार गत राति करिब १० बजे तिर विधुत् सर्ट हुँदा अनुमानित ८ लाख बराबरको माेटरसाईकल पार्टस क्षति भएकाे बताइएको छ । विगत तीन बर्ष देखि टेड्रर्समा यामाहा कम्पनीका माेटरसाईकल र स्कुटर बिक्री गर्नुका साथै मर्मत गर्दै आएकाे सञ्चालक सिद्धिकीले बताए ।

आगालागी के कसरी भएकाे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरी चन्द्राैटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *