Press "Enter" to skip to content

सिद्धार्थ आधारभुत विद्यालयको सार्वजनिक सुनवाई, News of Nepal

सिद्धार्थ आधारभूत विद्यालयको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको शिवराज–५, खैरीमा रहेको विद्यालयको सोमबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका–५, का वडा सदस्य जयस मोहम्मद मियाले विगतभन्दा विद्यालयले गरेको कार्य प्रशंसा गरेका छन् । गुणस्तरीय शिक्षालाई जोड दिएको बताउँदै तुलनात्मक रुपमा विगत भन्दा निकै फड्को मारेको बताए । केही समय कोभिडले गर्दा प्रभावित भएको शिक्षालाई पछिल्लो केही समय यता सिद्धार्थ विद्यालयले निकै असल भूमिका निर्वाह गरेको बताउँदै विद्यालयको लागि आवश्यक पर्ने कुराको लागि पहल गर्ने समेत मियाले जनाए ।

शिक्षालाइ प्रभावकारी बनाउन अभिभावक, शिक्षकको ठुलो भुमिका रहेको सिद्धार्थ आधारभूत विद्यालयका अध्यक्ष सुरेन्द्र चौधरीले जोड दिए । साथै बिभिन्न भौतिक निर्माण विद्यालयको समग्र अवस्थाको बारेमा उठाएका कुरालाइ सम्बोधन गदै जाने उनले बताए ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा ५२३ जना विद्यार्थि संख्या बिभिन्न तहमा १३ जना शिक्षक खानेपानि, शैचालय, बालमैत्रि कक्षाको राम्रो व्यवस्था भएको तर खेल मैदानलाइ वेवस्थित गर्नु पर्न जनाउँदै विद्यालयमा यस आर्थिक वर्षमा विभिन्न माध्यमबाट विभिन्न शिर्षकमा आएको रु ५२ लाख ५७ हजार ९ सय ४४ रुपैया विभिन्न शिर्षकमा ४९ लाख ८९ हजार १ सय १२रुपैया खर्च भएको सिद्धार्थ आधारभुत विद्यालयको प्रधानाध्यापक मन्जु रानी निरौलाले जनाइन् । शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम सुनार, सदस्य मान बहादुर सुनारले अहिलेको परिवर्तनशिल शिक्षालाई कम्प्युटरको माध्यमबाट शिक्षालाई अगाडि लैजानु पर्ने कम्प्युटरको व्यवस्थाको लागि पहल गर्न सबैलाई आग्रह गदै आफूहरुले पनि पहल गर्ने जनाए ।

School 2

स्ट्रोम फाउन्डेसन तथा किर्डाक नेपालको विशेष सहयोगमा सिद्धार्थ आधारभूत विद्यालयको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रममा किर्डाक नेपाल संस्थाका सामुदायिक विकास अधिकृत बिनोद केवटले संस्थाले विद्यालयमा गरेको कामको बारेमा जानकारी गराउँदै आगमी समयमा पनि सहकार्य हुने बताए । विद्यार्थी राधिका कोरी, सुप्रिया खनालले सेनेटरी प्याड उपलब्ध भएता पनि क्वालिटिको नभएको गुनासो गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *