कपिलवस्तुकाे विभिन्न स्थानमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि (शनिबार) बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म बुस कटिङ तथा जम्पर मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले सूचना जारी गरेकाे छ ।

चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको तौलिहवा वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनमा बुस कटिङ तथा जम्पर मर्मत सम्भार गने भकाले नेपाल विद्युत तौलिहवा वितरण केन्द्र अन्तरगतका तौलिहवा सव स्टेशन, जीतपुर सव स्टेशन, लवनी सव स्टेशन लगायत घनचौरा सव स्टेशनबाट सप्लाई भएका सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने निर्देशानालय तौलिहवाले जनाएको छ । साथै निर्धारित समय भन्दा पहिला काम सम्पन्न भए सो समय अगाडी नै विद्युत सप्लाई हुने जारी गरिएको सूचनामा उल्लेख छ ।
Ram Abatar Chaudhary








Be First to Comment