Press "Enter" to skip to content

प्रेस सेन्टर नेपाल कपिलवस्तुकाे नेतृत्वमा बेल्वासे चयन, News of Nepal

प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५औँ अधिवेशन सम्पन्न भएको छ । ताैलिहवामा शनिबार सम्पन्न अधिवेशनबाट अर्जुन बेल्बासेको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएकाे आयाेजकले जनाएको छ ।

त्यसैगरी खुल्ला उपाध्यक्षमा भुपाल थापा, समावेशी उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा माधव बेल्बासे, सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल, कोषाध्यक्ष हरि घिमिरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुषालले जानकारी दिए ।

अधिवेशनबाट संघको प्रतिनिधिमा चिन्ता परियार, राजेश चौधरी, मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन् । साथै अधिवेशनले स्वेता गीरी, शैलेन्द्र श्रेष्ठ, दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको जनाइएको छ । प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति संयोजक एवं कार्यक्रमका प्रमुख अतिथी मानसिंह विकले शुभकामना पार्टी र संगठनको हितमा काम गर्न सुझाव सहित निवार्चित पदाधिकारीलाई शुभकामना समेत दिए ।

कार्यक्रममा पार्टी जिल्ला संयोजक विष्णु शाह, पत्रकार विभाग ईन्चार्ज सरोज खनाल, प्रेस सेन्टर जिल्ला ईन्चार्ज डिलाराम भुषाल, केन्द्रिय सदस्य मनिष कार्की र राष्ट्रिय दलित पत्रकार संघ अध्यक्ष चिन्ता परियारको उपस्थिती रहेको थियो ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *