Press "Enter" to skip to content

शिवराजमा १५ शैय्याकाे आइशाेलेसन सेवा सञ्चालन

चन्द्राैटा(कपिलवस्तु): आधारभूत स्वास्थ्य सेवा अस्पतालले १५ शैय्याकाे आइशाेलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा अवस्थित अस्पतालले बुधबारदेखि आइशाेलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएकाे छ ।

नगरभित्रका आम नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त सेवा संचालनमा ल्याइएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए । नगरभित्र काेभिड संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गएपछि जाेखिम न्युनिकरण गर्न नगरले कदम चालेकाे अधिकारीले जनाए ।

नगर प्रमुख अधिकारीले कसैको स्वास्थ्य समस्या देखिए अस्पतालमा सम्पर्क गर्न आग्रह गर्दै एकदमै आवश्यक काम नपरे बाहिर ननिस्किन र सचेत रहन उनले बताए ।

अस्पतालमा नागरिकलाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, कार्डियक मोनिटर सहित १५ शैय्याको आइशोलेसन सेन्टर संचालनमा ल्याइ २४सै घण्टा सेवा प्रवाह गर्दै आएकाे डक्टर महेश गुप्ताले बताए ।

सेवा सञ्चालन भए सँगै चार जना काेभिड संक्रमित भर्ना रहेकाे मध्ये १ जनाकाे स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि बुटवल रिफर गर्ने तयारी भइरहेको डक्टर गुप्ताले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *