Press "Enter" to skip to content

नयाँ निती र नियममा महत्वकांक्षी योजना बनाउनु हुँदैन रे! News of Nepal

कपिलवस्तुको एक विद्यालयमा विद्यालयको सुशासन, स्वःमूल्यांकन र विद्यालय सुधार योजनाको समिक्षा तथा निर्माण विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


स्ट्रोम फाउण्डेसन र किर्डाक नेपालको साझेदारीमा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशीक्तकरण कार्यक्रम(सिड्स) अन्तर्गत जिल्लाको श्री सरस्वती आधारभूत विद्यालय शिवपुरमा अभिमुखीकरण सम्पन्न भएको हो । विद्यालयको चौतर्फी पक्षको सुधार गर्दै शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन अभिमुखीकरण गरिएको विद्यालयका अध्यक्ष छन्द बहादुर सिंह जि.सी.ले जानकारी दिए । विद्यालयको समस्या पहिचान गरी पञ्चवर्षीय विद्यालय सुधार योजना (एस.आई.पी) निर्माणका लागि अभिमुखीकरणको आयोजना गरिएको अध्यक्ष जि.सी.ले बताए ।


कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगत बहादुर जि.सी.ले महत्वकांक्षी योजना निर्माण नगर्न सुझाव दिए । महत्वकांक्षी योजनाले विद्यालयको शैक्षिक हित नहुने वडाध्यक्ष जि.सी.ले औल्याए । सत्य, तथ्यलाई आधार मानी शुक्ष्म अध्ययन गरी योजना निर्माण गर्दा विद्यालयको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

KIRDARC Nepal

साथै उनले अबको शिक्षालाई सीपमूलक र व्यवसायिकतामा बढी जोड दिनुपर्ने तर्क राखे । अबको शिक्षामा संस्कारको कुरालाई प्रमुखताका साथ समाबेश गर्दै बालबालिकाहरुलाई प्रयोगात्मक अभ्यासबाट सिक्ने वातावरणको सृजना गर्ने खालको शिक्षा दिनुपर्ने धारणा राखे । अबको शिक्षा व्यवहारिक, सामाजिक र प्रविधिमैत्री बनाउन सोही अनुसारको योजनाका साथ लागू गर्नुपर्ने सुझाव दिए ।


अभिमुखीकरणलाई सहजीकरण गर्दै किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले सबैभन्दा पहिले विद्यालयको स्वःमूल्यांन गरेर मात्र विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने बताए । विद्यालयको गेटदेखि नेटसम्मको शुक्ष्म अध्ययन गरी योजनामा समावेश गर्दा उत्कृष्ट योजना बनाउन सकिने विश्वास व्यक्त गरे । अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, बालक्लबका विद्यार्थीहरुको सहभागिता थियो । अभिमुखीकरणसँगै विद्यालयको योजनाको खाका निर्माण गरी लागू गरिने बताइएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *