कपिलवस्तुमा कोभिडले शिक्षामा परेको असरबारे सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शिवराज-२, बालापुरमा मंगलबार सम्पन्न भएको हो ।
जहाँ उत्पिडन र विभेद त्यहाँ आशा सञ्जालको प्रतिरोध भन्ने उदेश्यका साथ बिद्यालय भन्दा बाहिर रहेका बालबालिका पुन भर्ना तथा काेभिडले शिक्षामा परेकाे असरबारे सरोकारवाला निकाय संग अन्तरक्रिया गरिएको छ ।
बालापुर आशा सञ्जालको आयोजनामा शिवराज नगरपालिका वडा न २ को समन्वय किर्डाक नेपाल स्ट्रोम फाउन्डेशनको सहयोगमा भएको कार्यमक्रलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले धेरै बालबालिका बिद्यालय भन्दा बाहिर रहेकाले बालबालिकालाइ बिद्यालय सम्म ल्याउनको लागि नगरबाट हुने प्रयासमा आफु सधैँ लागि पर्ने बताए । विभिन्न माध्यमबाट बालबालिकामाथि हुने बिभिन्न दमन हिंसाले गर्दा बालबालिबामा नकारात्मक असर परेको हुदा पहिलो पाठशाला घर अनि बिद्यालय भएको हुदा सबैले आफना बालबालिलाई बिद्यालय पढाउन आग्रह गरे । वडा न २ मात्र ९० जना बालबालिका बिद्यालय भन्दा बाहिर रहेका डाटा प्रस्तुत हुदा नगर प्रमुख अधिकारीले वडा न २ को मात्र समस्या नभइ सिंगो नगरको समस्या भएको हुदा सबैले आ आफनो तहबाट लाग्नु पर्न बताए ।
अन्तरक्रिया कार्यक्रममा किसोर किसोरी सहार स्वावलम्बन समुहको सचिव सुरेश बि क ,जनता आधारभुत बिद्यालय प्रधानाध्यापक पुरुषत्तम भट्टराई, बुद्ध आधारभुत बिद्यालयको प्रधानाध्यापक कमला शर्मा, आधारभुत स्वास्थ्य एकाइका धर्ममराज पाल, किर्डाक नेपालका विनोद केवट, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुधइ प्रसाद चाई लगायतले बालबालिका पाउने अधिकारको सुनिश्चित गर्न आबश्यक रहेको बताउँदै शिक्षाबाट नै हरेक कुरा सिन्न पाउने हुदा बिद्यालय सम्म ल्याउनको लागि सबैले पहल गर्नु जरुरी रहेकाे जनाए । कोभिड माहामारीले गर्दा शिक्षामा धेरै असर परेको बताउँदै अनलाइन कक्षाहरु चलेका भएपनि सबै बालबालिका अनलाइन कलासमा सहभागिता हुन नसकेको बताए ।
पछिल्लो समय कोभिडले गर्दा बिद्यालय बन्द भएका कारणले अन्य क्रियाकलापमा व्यक्त भए त पनि कतिपय अन्य नकारात्मक कुरामा लाग्ने गरेको हुँदा यसले समाजमा विभिन्न विकृति ल्याउन सक्ने हुदा सबैले अ-आफनो ठाउँबाट सन्देश मूलक कार्यक्रमबाट सचेत गराउनु पर्न जानकारी दिए । बालबालिका भनेको ४ पिल्ला हुन जुन बाच्न पाउने अधिकार संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार दिनुपर्ने बताउँदै बालबालिकालाई घरबाट नै समेट्नु पर्ने वडा न २ वडा अध्यक्ष्य राम बहादुर चौधरीले बताए ।

वडा न २ मा ९० जना बालबालिका बिद्यालय भन्दा बाहिर रहेका हुँदा अझै पनि विभिन्न माध्यमबाट धेरै बालबालिका हिंसामा परेका जनाए । अब ति बालबालिकालाई बिद्यालय सम्म ल्याउने प्रयासमा आफुले सधैँ साथ दिने अध्यक्ष चौधरीले बताए । उक्त कार्यक्रममा विभिन्न सन्देश मूलक सडक नाटक समेत प्रस्तुत गरिएकाे थियाे ।
त्यसैगरी राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शिवराज नगरपालिका वडा न १ मा एकता र ज्ञानज्योति किशाेर किशाेरी संवाद क्लवको आयोजनामा लैङ्गिक समान्ताको लागि बालबालिकाहरु बिच प्रतिस्प्रधात्मक स्लो रेस साइकल कार्यक्रम भएको इन्दु थारुले बताइन् । शिवराज नगरपालिका वडा न ११ मा पनि सन्देश र सफलता स्वाबलम्बन संवाद क्लवको आयोजनामा बालबिवाह न्युनिकरणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको शुशिला रायमाझीले जानकारी दिइन् ।
Ram Abatar Chaudhary
Be First to Comment