Press "Enter" to skip to content

थारु समुदाय को अटवारी पर्व को महत्व के हो, यो किन मनाईन्छ? News of Nepal

विभिन्न धर्म, जाति, संस्कृति र संस्कारले भरिपुर्ण भएकाे देश नेपाल । यसै भित्र मातृभूमिलाई उर्भरा बनाएर नेपाली इतिहास कायम गर्न सफल एक मात्र जाति थारु, जाे अहिले पनि भमिपुत्र भनेर चिनिने गर्छ ।

देशभित्र १२६ जाति अन्तर्गत अटेका थारु जाति जसले अन्य जातिकाे तुलनामा अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नाे पहिचान बेग्लै बनाएकाे अवगत नै छ । यसै सन्दर्भमा थारु जातिले मनाउने हरेक पर्व मध्ये बड्की अट्वारी पनि थारु समुदायकाे एक बिशेष हाे । यसलाई जर्गेना गर्नु साेही समुदायकाे दायित्व पनि रहन्छ । अट्वारी पर्व थारु जातिले प्रत्येक बर्ष मनाउँदै आएकाे छ । देशै भरि थारु बाहुल्य क्षेत्रमा थारु समुदायले अट्वारी पर्व मनाउँदै आए पनि एकरुपता भने आउन सकेकाे छैन् ।

याे पर्व मनाउन देशैभरका विभिन्न तहका सरकारले सार्वजनिक विदा समेत दिँदै आएकाे सर्वविधितै छ । लुम्बिनी प्रदेश सरकारले भदाै २७ गते आइतबार दाङ, बाके र बर्दियामा अट्वारी पर्व मनाउन सार्वजनिक विदा दिए पनि कपिलवस्तु, रुपन्देही र नवलपरासीमा भने एकरुपता नहुँदा विदा सरकारले दिएकाे छैन् ।

atwari festival of tharu 2

बड्की अट्वारी पर्वकाे अवसरमा सार्वजनिक विदा दिँदै गर्दा कपिलवस्तु रुपन्देही र नवलपरासीकाे थारु अगुवाहरूले तीज पछिकाे दाेस्राे आइतबार अथवा असाेज ३ गते मनाउने दावी गर्दै आएकाे थारु कल्याणकारीणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारुले जानकारी दिए । भने केहीले दशैँ पर्वकाे पाँच हप्ता पहिले आइतबार वा भदाै २७ गते अट्वारी पर्व मनाउन चलन रहेकाे थारु अगुवाहरु बताउँछन् । यसै सन्दर्भमा कपिलवस्तुका बाणगंगा लगायतका केहि पालिकाहरुले सार्वजनिक विदाकाे सूचना जारी गरेका छन् । भने केही तयारी अवस्थामा छ भने विदा नदिएकाे पालिकालाई थारु अगुवा लगायत साे समुदायले सार्वजनिक विदाकाे पहल गरि दिन भनी माग राखेकाे बताइएकाे छ ।

अट्वारी पर्वकाे महत्त्व

अट्वारी पर्व खासगरी आइतबार लाेग्ने मान्छे व्रत बसि अर्काे भाेलिपल्ट बिहानै नुहाएर घरमा मिठाेमिठाे परिकार पकाएर खाने साथै बिबाह भएका चेलिबेटीहरुलाई पाहुर पठाउने चलन रहेकाे छ । अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ । यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारु समुदायमा छ । थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको छ ।

महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगिशरण बीच लामो समयदेखि राम्रो सम्वन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै जना सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरुलाई परास्त गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छोडेर पाँच पाण्डव मध्ये भीम भोकै पेटमा पानी समेत नखाई राजा दंगिशरणको पक्षमा लडेका थिए । भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए । सोही विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी पर्व मनाउँदै आएकाे महत्त्व छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *