Press "Enter" to skip to content

मानव बेचबिखन विरुद्ध चन्द्राैटामा दिप प्रज्वलन, News of Nepal

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध पन्ध्रौं राष्ट्रिय दिवसकाे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । “मानव बेचबिखन मुक्त समाज, हाम्राे प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता” भन्ने नाराका साथका आइतबार चन्द्राैटा चाेकमा दिप प्रज्वलन कार्यक्रम गरिएको आयाेजकले जनाएको छ ।

शिवराज नगरपालिकाकाे सहयाेग र शान्ति पून:र्स्थापना गृह कपिलवस्तुकाे आयाेजनामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले मानव बेचबिखन जनघन्य अपराध रहेकाे बताउँदै अपराध गर्नेलाई कानुनी दायरा ल्याई कडा सजाय दिनुपर्ने बताए । विगतका लामाे समयदेखि कपिलवस्तुमा सक्रिय रहि मानव बेचबिखन विरुद्ध शान्ति पून: र्स्थापना गृहले गरेकाे कार्य सहराहनिय रहेकाे उल्लेख गरे । विभिन्न प्रलोभनमा पारी अल्पत्र परेका वा आम नागरिकलाई विदेशमा गैर कानुनी कार्यमा संगलन गराएका चेलिबेटीलाई गृहले उद्दार गरि बेचबिखन नियन्त्रणमा याेगदान गरेकाे जिकिर गरे । मानव बेचबिखन हुन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सदस्य केसीले आग्रह गरे ।

National Day Against Human Traffic

त्यस्तै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले हातहतियार बेचबिखन गर्नु र मानव बेचबिखन गर्नु अपराध उस्तै रहेकाे बताए । २१अौँ शताब्दीमा मानव बेचबिखन गर्नु विडम्बना रहेकाे जनाउँदै यसमा राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक अगुवा सबै हातेमालो गरि नियन्त्रण गर्न जरुरी रहेकाे जनाए । यस बेचबिखनबारे समाजका सबै बालबच्चालाई शिक्षित र सचेत गराई अ-आफ्नो स्थानबाट राेकथामका लागि पहल गर्न आग्रह गरे । काेभिडका बेला मानव बेचबिखन संगलन रहेका सक्रिय गृराेहलाई कार्वाही गर्न समेत नगर प्रमुख अधिकारीले जाेड दिए ।

उक्त दिप प्रज्वलन कार्यक्रममा शान्ति पून र्स्थापना गृहका क्षेत्रीय संयाेजक भुमिराज भट्टराईले बेचबिखन विरुद्धको दिवस बिक्रम सम्बत २०६१ साल देखि मनाउँदै र उद्देश्यबारे आएकाे प्रष्ट परे । साथै शिवराज नगर प्रमुख शिवकुमारी थारु, दलित मानव अधिकार प्रतिष्ठानकि अध्यक्ष मीना परियार, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाख्रेल र युवा नेता अजय थापा लगायत दर्जनाैँ नागरिक अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *