Press "Enter" to skip to content

के हो यो दियालो नेपाल (Diyalo Nepal)? दियालो नेपालकाे ५आैँ अधिवेशन सम्पन्न, News of Nepal

दियालो नेपाल शिवराज कपिलवस्तुकाे नवाैं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षतामा पुनः तारा थापालाई चयन गरेकाे कार्य समितिले जनाएकाे छ । जसकाे उपाध्यक्षमा ज्याेति पुन, सचिवमा अन्जना अधिकारी, सह-सचिवमा बिरमाया सुनार, काेषाध्यक्षमा इन्द्रावती चाैधरी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जु राय, शारदा कुमारी पाैडेल र शर्मिला धरेल लगायत सर्वसहमत चयन भएकाे अध्यक्ष तारा थापाले जानकारी दिइन् ।

दियालो नेपालकाे सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव सुमित्रा अधिकारीले दियालो नेपाल अधिकारका क्षेत्रमा कार्यरत र लैगिंक विभेदको उत्पिडनबाट पिल्सीएका अधिकारकर्मीहरुको संस्था भएको उनले बताईन् । सचिव अधिकारीले यस संस्थाले विषेश गरि समाजमा जरो गाडेर बसेको महिला माथिको हिंसा अन्त्यको लागि विभिन्न रचनात्मक कार्यक्रम गर्ने, महिलाहरुलाई संगठित गरि महिला सशक्तिकरण गर्ने विषयमा अभियान संचालन गर्दै राज्यको मुल प्रवाहमा महिलाहरुको पहुंच पुराउनका लागि विभिन्न कार्यक्रम, दबाब र क्षमता विकास तालिमहरु संचालन गरिएको बताएकी छन् । साथै संस्थाको गत आर्थिक वर्ष ०७७-०७८ मा साढे १४ लाख बराबरको काराेबार भएकाे प्रतिबेदनमा उल्लेख गरिएको छ ।

Diyalo Neapl

यसैबीच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले चन्द्राैटा क्षेत्रमा दियालो नेपालले सामाजिक गतिविधिमा अग्रणी भुमिका खेलेकाे प्रशंसा गरे । नेपालले एम्बुलेन्स सञ्चालन गरेर चन्द्राैटाकाे मात्रै नभएर शिवराज आसपासका सबै समुदायको लागि हितका लागी कार्य गरेकाे उनले बताए । चेलिबेटी बेचबिखन, महिला हिंसा सम्बन्धि जनचेतना र शिक्षा लगायतको समुदाय एकदमै सक्रियताका साथ अगाडि बढेकाे सदस्य केसीले जनाए । संस्थाले सिकाई क्षेत्रमा विभिन्न तालिम दिएको भन्दै ति तालिम दिएका व्यक्तिले सिप हाँसिल गरेका छन् या छैनन् ? सिकेका कुरा दैनिककी प्रयोगमा ल्याको वा नल्याको विषयमा अनुगमन गर्न उनले आग्रह गरे ।

https://youtu.be/vn5xD8tD9Wo

यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले अधिवेशन कार्यक्रममा बाेल्दै दियालो नेपालले कार्यक्रम संचालन गरेका वडाहरुमा महिलाहरु सशक्तीकरण विषयमा खुलेर बोल्न सक्ने भएको जनाउँदै हरितालातिका तिजको अवसरमा कार्यक्रम मार्फत शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सबै तहका स्थानिय तहसँग समन्वय गरि यस क्षेत्रका महिला, किशोर किशोरीमा सिप विकास तालिम, क्षेत्रविकास तालिम, आइराखेको विषेश गरि महिला हिंसा अन्त्यका लागि काम गरेको, नगरमा एम्वुलेन्स सेवा संचालन गरि नगरवासीलाई राहत पुर्‍याएको शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले बताईन् ।

Shiv kumari tharu

दियालो नेपाल संस्थाकी संस्थापक अध्यक्ष मिना परियारले विगत लामाे समयदेखि संस्थालाई अराेह अवराेह पार गर्दै यहाँ सम्म पुर्‍याएकाे स्मरण गरिन् । अझै पनि सक्रिय भइ समुदायमा गर्नुपर्ने कार्य धेरै रहेकाे अवगत गराउँदै आम नागरिककाे आवाज बुलन्द गर्नुमा दियालाेकाे अहम भुमिका रहेकाे उनले प्रष्ट पारिन् । नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै नजिकिँदै गरेकाे हिन्दु नारीहरुकाे महानपर्व हरितालिका तीजकाे अवसरमा शुभकामना समेत अध्यक्ष परियारले व्यक्त गरिन् ।

उक्त कार्यक्रममा सबै वडाका प्रतिनिधित्व गर्दै शिवराज नगरपालिका वडा नं.२ का वडाध्यक्ष राम बहादुर चाैधरी, किर्डाक नेपालका श्री भण्डारी र मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *