वडा प्रहरी कार्यालय चन्द्राैटाद्वारा अवैध चल्ला नष्ट गरिएको छ । जिल्लाको शिवराज नगरपालिका-४, समिति चाेक स्थित बर्गदवातर्फ जाँदै गरेकाे साइकल सहित चल्ला काटुन छाडे्र फरार भएकाे बेला नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
आइतबार बिहान बर्गदवा तर्फकाे सडक खण्डमा आक्सा ब्रिडिङ फार्म लेखिएकाे ८ वटा कार्टुनमा ६ सय पिस रहेका चल्ला २४ हजार बराबरको रहेकाे वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी नायब निरीक्षक तारा प्रसाद खनालले बताए । प्रहरीका अनुसार उक्त गिरीराज जातका चल्ला भारतबाट भन्सार छलि गरि अवैध रुपमा पैठारी गरि ल्याइएको अनुमान छ ।
बिशेष सुराकीकाे आधारमा नियन्त्रणमा लिन सफल भएकाे प्रहरीकाे भनाई छ । अवैध चल्ला नियन्त्रणमा लिइ स्थानीय जनप्रतिनिधि सञ्चारकर्मी लगायतको राेहाेबरमा नष्ट गरिएको वडा प्रहरी कार्यालय चन्द्राैटाले जनाएकाे छ । साे बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिए ।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाईएको छ । यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन् ।
Ram Abatar Chaudhary
Be First to Comment