Press "Enter" to skip to content

बालश्रम न्युनिकरणका लागि यसो गर्दा कसो होला? The Horizon Times

कपिलवस्तुमा बालश्रम न्युनिकरणका लागि मिडियाकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा भएकाे कार्यक्रममा जिल्लाका ३ स्थानिय तहका इट्टा भट्ठामा काम गर्ने बालबालिको तथ्याङ्क अनुसार बालश्रम न्युनिकरण गर्नका लागि संचार माध्यमको भुमिका विषयमा मंगलबार अन्तरक्रिया गरिएको जनाइएको छ ।

इट्टा भट्ठामा गरिएको सर्वेक्षण अनुसार स्थानिय सञ्चार माध्यम रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका लगायतका सामाजिक संजालबाट बालश्रम न्युनिकरणका सूचना प्रसारण तथा प्रकाशित गरि जनस्तरमा सचेतना फैलाउने दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुकी अध्यक्ष मिना परियारले जानकारी दिइन् ।

शिवराज, महाराजगन्ज र बुद्धिभुमि गरि तीन पालिकामा भएका इट्टा भट्ठा, होटेल, रेष्टुरेन्ट, कलकारखाना, किराना पसल लगायत बालश्रम हुने सम्पुर्ण क्षेत्रमा अनुगमन गरि बालश्रम न्युनिकरण गर्ने याेजना रहेकाे उनले बताइन् । बालश्रम न्यनिकरणका लागि सरकारले गुरुयोजना तयार गरेको तर कार्यन्वयन हुन नसकेको समेत अध्यक्ष परियारले जिकिर गरिन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *