Press "Enter" to skip to content

लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न , ABC Nepal

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लाेहराैलिमा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्य तथा संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन-४ काे अायाेजनामा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

सञ्जालकाे काेषाध्यक्ष नितु पटेलकाे अध्यक्षता तथा समाजसेवी एवम् पत्रकार रन्जित बिश्वकर्माकाे प्रमुख अतिथता र पत्रकार सुरेश यादवको विशिष्ट अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि विश्वकर्माले लागू पदार्थकाे सेवनले मानिसकाे शारीरिक अस्वस्थता बढाउनुका साथै अार्थिक अवस्था पनि कमजोर बनाउदै गरेको बताए । उहाँले लागु पदार्थ सेवन गर्नु सेवन गराउन दिनु एक कानुनी अपराध पनि भएको बताउदै लागू पदार्थले गर्दा समाजमा अशिक्षा र बालबालिकाकाे भबिस्य पनि खराब बनाएको बताउनुभएको थियो ।

street drama ABC Nepal

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि यादवले लागू पदार्थ सेवन गर्नाले मानिस मृत्युकाे काखमा समेत पुगेको बताउदै लागू पदार्थ सेवान गर्नु ब्यक्तिहरुलाई कार्वाहीकाे दायरामा लगुने पर्नु अावश्यक रहेको समेत बताउनुभएको थियो ।

साे कार्यक्रममा एविसि नेपालका भाेलेन्टियर ,मनिता ढकाल ,सुपरभाइजर विष्नु परियार , पत्रकार ज्ञानेश्वर सहानि लगाएत समाजसेवी ,किशोर किशोरी , अभिभावक र लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो ।  कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *