कपिलवस्तुकाे शिवराज नगरपालिका-१, उमरीमा निर्माणाधीन रहेकाे थारु संग्रहालय (Tharu museum) विकासका लागि छलफल कार्यक्रम सम्पन्न भएकाे छ । संग्रहालय भित्र के कस्ता र कसरी सामाग्री व्यवस्थापन सहित अगाडि बढ्ने गरि छलफल अघि सारिएको संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले जानकारी दिए ।
शनिबार थारु संग्रहालय उमरीमा आयाेजित छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै शिवराज नगर उपप्रमुख (Shiv Kumari Tharu) शिवकुमारी थारुले थारु समुदायकाे परम्परागत हस्ताकला, संस्कृति र संस्कार क्रमशः युवा पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताएकी छन् । पछिल्लो समय थारु युवा जागरुक भइ समुदाय एक्यवद्ध भएकाेमा थारुले हर्ष व्यक्त गरिन् । नगरमा थारु बुद्धिजीवी, समाजसेवी र अगुवा लगायत आम नागरिक भेला भई समाज रुपान्तरणमा अहम भुमिका खेलेका उनले बताइन् । संग्रहालय निर्माणप्रति हरेक समुदायकाे सकारात्मक दृष्टि रहेकाे थारुले प्रष्ट पारिन् ।
नगर उपप्रमुख थारुले अधुराे संग्रहालय निर्माण भनी बिशेष अनुदान तर्फ आर्थिक बर्ष ०७८-०७९ काे लागि १ कराेड ४ लाख विनियोजन गरिएको जनाइन् । आफ्नाे समुदाय पछि परेका बताउँदै विश्वमै धनी रहेकाे एक मात्र समुदाय रहेकाे त्यसलाई जातीय पहिचानको रुपमा जागरुक गर्ने उल्लेख गर्दै निरन्तर यस्तै हरेक क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गरि अघि बढ्ने समेत उनले बताइन् । संग्रहालय निर्माणका क्रममा विभिन्न बाधा अवरोधलाई सामाना गर्दै संग्रहालय भित्र तराई मधेस समृद्धि तर्फ गत बर्ष २० लाख बिनियाेजन गरि सामुदायिक भवन निर्माण गरिएकाे नगर उपप्रमुख थारुले जानकारी दिइन् ।
गत आर्थिक बर्ष २०७६-०७७ काे विशेष अनुदान तर्फ ७५ लाखकाे बजेट मध्ये पहिलाे किस्ता करिब ३२ लाख भुक्तानी गरेकाे थियाे । संग्रहालय निर्माण अधुरो भएकाेले बहुबर्षिय याेजना संसाेधन गरि जस मध्ये निर्माण कार्य सम्पन्न गरेकाेले शिवराज नगरपालिकाले दाेस्राे किस्ता स्वरुप ३२ लाख भुक्तानी गरेकाे थारुले बताइन् । करिब साढे ४ बर्षकाे अवधिमा आफूले के कति काम गरेकाे मूल्यांकन जनताले गर्ने र जान्न जरुरी रहेकाे समेत नगर उपप्रमुख थारुले उल्लेख गरिन् ।
उक्त कार्यक्रममा नगर भित्रका २३ गाउँका ६५ बढी स्थानीय थारु अगुवा लगायतले संग्रहालय विकास निर्माणमा टेवा पुग्ने सुझाए । अगुवाहरुले आगामी समयलाई नियाल्दै आफू र आफ्नाे गाउँठाउँमा भएका थारु हस्ताकला लगायतको सामाग्री संग्रहालयमा उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरे ।
यसैबीच नगर उपप्रमुख शिवकुमारी थारुकाे जन्मदिन शनिबार नै परेकाे साे अवसरमा स्थानीय सफल व्यापारी गाैतम चाैधरीले बर्थडे केक लगायतको सामाग्री व्यवस्थापन गरि जन्मदिन समेत मनाइएकाे संग्रहालय संरक्षण समितिका उपाध्यक्ष हरि थारुले बताए ।
थारु संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संञ्चारकर्मी सिताराम चाैधरी, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी भिखु थारु वडा सदस्य धनिराम थारु र शिवराजका विभिन्न गाउँका अगुवा लगायतले छलफल कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।
Ram Abatar Chaudhary
Be First to Comment