नेपाल आर्दश माध्यमिक विद्यालयका ३३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । जिल्लाकाे शिवराज नगरपालिका-१, अवस्थित विद्यालयका शैक्षिक व्यवस्थापकीय तर्फ ३३ जना शिक्षकलाई ल्यापटप वितरण विद्यालयले जनाएकाे छ ।
नमुना विद्यालय विकास योजना अन्तर्गत रु १ करोड ५० लाखको लागतमा विद्यालयमा भौतिक निर्माण देखि शैक्षिक विकास सम्मको कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
त्यसैगरी बिज्ञान ल्याव विस्तार, खानेपानी तथा हात धुने भवन,३३ थान रोस्टम,ईसिडि कक्षा व्यवस्थापनमा टेबुल, कार्पेट, कुशनको व्यवस्था गरिएको विद्यालयका प्रधान्याध्यापक मुक्तिनाथ पोख्रेलले बताए । त्यस्तै बालवालिकाहरुका लागि दुई वटा पिङ,चिप्लेटि र भित्तेघडि सबै कक्षाहरु राखिएको पोख्रेलले जानकारी दिए ।
यसैबीच भवन उद्धघाटन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले शिक्षामा गुणस्तरीय ल्याउन सरकारले गरेको लागनिलाई सदुपयोग गर्नुपर्ने बताए । शिक्षकहरुलाई ल्यापटप देखि दुई तले भवन र शौचालय खानेपानी लगाएतका कामहरु सम्पन्न भएको उनले जनाए । अधिकारीले जिल्लाकै नमुनाको रुपमा विद्यालयको विकास भएको बताउँदै विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई धन्यवाद दिए ।
नगर प्रमुख अधिकारीले विद्यालयका संरचनालाई प्रयोगमा ल्याउन र शिक्षकहरुले ल्यापटप माफर्त शिक्षण सिकाईमा सहजिकरण गर्न आग्रह गरे । धेरै विद्यालयहरुलाई अध्यापन गराउने विद्यालय भएकोले विद्यार्थिहरुलाई विशेष ध्यान दिएर शिक्षण गराउनुपर्नेमा नगरप्रमुख अधिकारीले जानकारी दिए ।
शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले विद्यालयमा विभिन्न संकायको अध्यापन हुने भएकोले विद्यालयको चौतर्फि विकासमा ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई मध्यानजर गरेर उनीहरुलाई सहज हुने तरिकारले अध्यापन गराउन सकेमा सिकाई प्रभावकारी हुने जनाए ।
उक्त योजना बाट निर्माण गरिएको ८ कोठे दुई तले भवन आइतवार शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरेका छन् । करिब रु १ करोडको लागतमा भौतिक संरचना निर्माण अन्तर्गत अधुरो भवन पुरा, नया भवन निर्माण र शौचालय निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवनराज पौडेलले बताए ।
अध्यक्ष पाैडेलका अनुसार २०७४ सालमा नमूना विद्यालयको लागि छनोट भएको र निरन्तर विद्यालयको संरचना देखि विद्यालयका शैक्षिक गतिविधिमा विकास गरिरहेको छ । नगरप्रमुख अधिकारीद्वारा विद्यालयको बिज्ञान प्रयोगशाला,पुस्ताकालय,पशु विज्ञान,कम्प्युटर ल्याब र पुराना तथा नयाँ संरचनाहरुको अनुगमन समेत गरिएको छ ।
Ram Abatar Chaudhary
Be First to Comment