Press "Enter" to skip to content

Nepal को ग्रामीण भागमा बाल विवाह गम्भीर रोग भएकोले चेतना सिर्जना गर्न सडक नाटक प्रदर्शन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय सहकार्य तथा मुस्कान सवाद केन्द्र पुसाैलिकाे अायाेजनामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

संवाद सहयोग समितिका सदस्य सरिता देवि कहारकाे अध्यक्षता तथा वडा नम्बर -६ का वडा अध्यक्ष कैलाश यादवकाे प्रमुख अतिथतामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

street drama pusauli

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले बालविवाह गर्नु एक कानुनी अपराध भएको बताए । साथै सानाे उमेरमा बालविवाह गरे पश्चात विभिन्न समस्या र चुनाैतिहरु परेको देखिन्छ ।

जसका कारण बालबालिकाहरु मानसिक , परिवारिक  र बैयवाहित जिवनकाे समस्यामा बाध्य भई अर्थहिन जीवन बिताउनु परेकाे बताउदै  बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा अार्जन गराउनु पर्नेमा  जाेड दिदै अायाेजक संस्थालाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी राजेन्द्र प्रसाद कुर्मि , एबिसि नेपालका सुपरभाइजर साईदा निसा पठान , पत्रकार महेश यादव लगाएका स्थानीय बासि र नाटक कर्ताहरुकाे सहभागीता रहेको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *